बेनी नगरपालिका–३,भकिम्ली स्वास्थ्यचौकीलाई एकथान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। सोमबार विहान स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमको नेपाल मेडिकल एशोसियसनबाट पठाएको कन्सन्ट्रेटर वडा अध्यक्ष पदम पुनलाई हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग काठमाडौमा एमबीबीएसमा अध्ययनरत राजेश शर्मा पौडेलले पठाउनुभएको थियो ।  शरीरमा अक्सिजनको अभाव भएका बिरामीलाई स्वास्थ्य चौकीमै सेवा दिने उद्देश्यले उक्त सहयोग हस्तान्तरण गरिएको पत्रकार गौतमको भनाई छ ।

भकिम्लीबासीको आवश्यकतालाई मध्यनजर गरी उक्त सहयोग जुटाउनुभएकोमा वडा अध्यक्ष पुनले धन्यवाद सहित आगामी दिनमा समेत सहकार्यका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य रत्न जिसी, स्वास्थ्य चौकीका प्रमुख धिरेन्द्र शाह, सिनियर अनमी तारा बुढाथोकी, स्थानीय अगुवा यूवा पूर्णबहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।

वडाभित्र अक्सिजनको सिलिण्डरभन्दा बिरामीको सहजताका लागि कन्सन्ट्रेटर उपयोगी हुने स्वास्थ्यकर्मीको भनाई छ । अक्सिजन कन्सन्ट्रेटरले वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउछ ।हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिन्छ ।

हावामा झन्डै २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु अन्य ग्यास हुनेमा यस डिभाइसले जसलाई शुद्ध गरेर ९० प्रतिशत भन्दा बढी अक्सिजन दिन्छ ।मानिसको शरीरमा ९० प्रतिशतभन्दा तल अक्सिजनको लेबल देखिएमा तत्काल सिलिण्डर वा कन्सन्ट्रेटरको सहायतामा अक्सिजनको मास्क मुखमा लगाउनुपर्छ ।

Leave a Reply