दुई दिन देखि बेपत्ता बेनी नगरपालिका–५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रअ भक्तबहादुर कार्कीको खोजीमा रहेको प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सफल भएको छ ।

आइतबार विहानै घरबाट विद्यालयमा आउनुभएका प्रअ कार्की रातीसम्म घर नफर्किएपछि परिवारले खोजीकार्य गर्दा सोमबार विहान विद्यालय नजिकै म्याग्दी नदीमा लुगा, मोवाइलका साथै घटनास्थल आसपासमा रगतको थोपा भेटिएपछि हत्याको आशंका गरी अनुसन्धानमा जुटेको प्रहरीले एक यूवालाई कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ।

गाउँमा हत्यामा संलग्न भएको आशंका गरिएका यूवा भाग्दै गरेको अवस्थामा कुस्माबाट नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा कुटपिटमा संलग्न भएको अपुरो बयान दिएपछि प्रहरीले थप प्रमाण जुटाउन विभिन्न मोडबाट अनुसन्धानलाई अगाडी बढाएको छ ।

स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानले आइतबार विहान साढे ८ देखि ९ बजेसम्मको बिचमा घटना घटेको देखिन्छ ।

बेपत्ता प्रअ कार्कीसँग निरन्तर झगडा गर्ने, लागुपर्दाथ सेवनकर्ता समेत रहेका आरोपीले बेपत्ता हुनुभन्दा केहीघण्टा अगाडी समेत विवाद गरेको देखिएकाले विद्यालयको बैद्धिक अपाङ् बसोबास गर्ने आवास हुदै र्पैदलमार्गबाट जादैं गर्दा बाटोमा प्रहार गरेको घटनामा संलग्न रहेका आरोपीको भनाई छ ।

‘बेपत्ता हुनुभएका कार्कीलाई पच्छाउँदै गएर आक्रमण गरेको देखिन्छ,‘थप प्रमाण जुटाउन मंगलबार पुनः घटनास्थलमै जादैंछौ‘ अनुसन्धानमा संलग्न एक प्रहरीले बेनीअनलाइलाई भने ।

प्रअ कार्की विद्यालयमा हुदाँ आरोपी समेत आसपासमै रहेकाले हत्यामा संलग्नका बारेमा विद्यालयका कर्मचारी र स्थानीयले दिएको जानकारीको थप पुष्टी गर्ने प्रयास भइरहेको प्रहरीको भनाई छ । घटनामा संलग्न यूवा लामो समयसम्म मलेसियामा बसेर फर्किएपछि भारतमा गएका थिए ।

बेनी–दरबाङ सडकखण्ड नजिकै रहेको घटनास्थलदेखि म्याग्दी नदीसम्म रगत देखिएपनि हत्यामा संलग्नले आत्महत्या गरेजस्तै गरी नदी आसपासमा चप्पल सहित पोशाक र मोवाईल राखिदिएको देखिन्छ ।

घटनास्थलको अवलोकन गर्दा रगतको टाटा मात्रै भेटिएकाले अन्य ठाउँमा हत्या गरी उक्त स्थानमा ल्याएर फालेको हुनसक्ने तर्फ समेत अनुसन्धान मोडिएको छ । उक्त घटनामा एक जनाको संलग्नता थियो वा अरु दोषी समेत भए÷नभएको अवस्था बारे थप अनुसन्धान भइरहेको छ ।

घटनास्थलमै भेटियो मोवाईलै
बेपत्ता कार्कीको म्याग्दी नदीको नजिक मोवाइल भेटिएको छ । उक्त मोवाइलले समेत प्रहरीलाई अनुसन्धानमा सघाएको छ । बेपत्ता भएपछि फोन गरिएको डिटेल सहित उक्त घटना घटाइएको ठाउँको मोबाइल लोकेसन समेत पत्ता लगाउन सहज हुने छ ।

प्रहरीले मोवाइलको लोकेसनकै आधारमा समेत हत्या भएको स्थानको तथ्यले पत्ता लगाउने र मोबाइलमा कुराकानीका आधारमा नम्बरबाट लोकेसन हेर्ने प्रहरीले जनाएको छ । यता भोली हत्यामा संलग्नको सुराकको लागी समेत जादैछ ।

बेपत्ता कार्की म्याग्दीको साहित्यको क्षेत्रमा एक पुरानो सर्जक, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन म्याग्दीका पुर्व अध्यक्ष, पेशागत महासङ्ग म्याग्दीका पुर्व अध्यक्ष, पुस्तकालय सञ्जाल म्याग्दीका अध्यग्क्ष एवम् दर्जनको हाराहारीमा विभिन्न संघसंस्थामा आवद्ध हुनुहुन्थ्यो । स्थानीय तथा पेशागत संघसंस्थाले समेत घटनामा संलग्नलाई कडा कारवाहीको माग गरेको छ भने । अहिले गाउँ शोकमग्न भएको छ।

Leave a Reply