बेनी नगरपालिका-३,भकिम्लीका धनबहादुर श्रीषको बाख्रा फार्ममा साढे ३ लाख मुल्य पर्ने बोएर बोका छ। दुईवटा गोठमा खैरो र सेतो रङ्ग मिसिएको बोका, बाख्रा र पाठापाठीको बजार मुल्य १ करोडभन्दा बढी छ ।श्रीष पशुपालन तथा बहुद्देश्यीय कृषि फार्ममा सतप्रशित शुद्ध बोएर बाख्रा मात्रै छन् ।

एकदशक अगाडी खाडीबाट फर्किदा बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीष रित्तै थिए । उनले  अन्तराष्ट्रिय ढुवानीमा काम गर्दा समेत प्रसस्तै कमाई गर्न सकेनन् । विदेशको धनले उतै रमाएका उनी घर फर्किएपछि आगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाट ब्यवसायीक बाख्रापालनको सोच बनाएका श्रीषले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोएर बाख्रा खदिर गरे ।

सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका श्रीषको सोच अनुसार लगानी जुट्न सकेन् । स्थानीय जातका बाख्रामा क्रस गदैं बोएर बाख्राको स्रोतकेन्द्रसम्म आइपुगेका श्रीष अहिले बाख्रापालनबाट करोडपति भएका छन्।‘डेढ लाखभन्दा तलको एउटा पनि बोएर छैन्,‘अब बल्ल कमाई हुन थालेको छ’श्रीषले भने। उनले गतबर्ष ३५ लाखको बोएर बिक्री गरेकोमा यसबर्ष करिब ५०लाखको लक्ष्य रहेको बताए ।

‘बोएरको विशषेता नै हो छिटो छिटो बढ्नु र हुर्कनु हो,‘महंगो भएपनि हुर्काउन र कमाउन सजिलो छ’ श्रीषले भने ।नेपाल ब्यवसायिक बाख्रापालक महासंघको केन्द्रिय उपाध्यक्ष गण्डकी प्रदेश संयोजक समेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीहरूलाई समेत तालिम सहित आवश्यक सहयोग गर्ने गरेका छन्।

एकबर्षमा १ सयभन्दा बढी बोएर पु¥याउने र आधादशक भित्र बार्षिक करोडको आम्दानीको नजिक पुग्ने गरी कडा मेहनत गरिरहेका श्रीषको फार्ममा नेपालका विभिन्न स्थानबाट अवलोकनका लागि संघ सस्था र किसानहरू समेत आउने गरेका छन् । उनले माग अनुसार पुरा गर्न नसकेको बताउँदै बोएर पालनमा इच्छुकलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताए।

बाख्रापालकको हकहितमाका लागि स्थापना भएको संस्थामा समेत आवद्ध भएपछि उनको ब्यवसायिक विस्तार देशैभर नै फैलिएको छ । हाल श्रीषको फार्ममा डेढ लाखदेखि साढे ३ लाखसम्मको ३० माउ, १ बोका र १९ पाठापाठी छन् । उनले अवलोकन भ्रमणमा आउनेलाई समेत सहज हुने गरी गोठ विस्तार गरेका छन् । बोएर बाख्राका लागि उनले करिब ६० रोपनी जमिनमा घाँस खेती समेत गरेका छन् भने बाख्रापालन गर्न चाहने किसानलाई निशुल्क समेत दिने गरेका छन् ।

श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेका छन् । जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायतका विशेषताहरु अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाई गर्न सकिने उनको अनुभव छ ।

धन कमाउन गएको छोरो ऋण बोकेर फर्कियो
धन कमाउन खाडी मुलुक पुगेको छोरा रित्तै फर्किएपछि बृद्ध मनकुमारी श्रीष समेत निराश भएकी थिईन् । श्रीमती, २ छोरा १ छोरीको शिक्षादिक्षा, पालनपोषण तथा घरायसी खर्च कसरी जुटाउने भन्ने चिन्ताले मन कुमारीलाई सताउने गरेको थियो । घर फर्किएको केही महिनामा बाख्रापालनमा ब्यस्त भएपछि धनकुमारी समेत मख्ख परिन् । बाख्रापालनबाटै घरायसी खर्च, बालबच्चाको शिक्षादिक्षामा सहज हुन थाल्यो ।

एकदशक अगाडी निशार देखिने धनकुमारी अहिले ८१ बर्षमाप प्रवेश गदैगर्दा छोराको प्रगतिले मख्ख छिन् । छोरालाई भेट्न आउने, अवलोकनकर्तालाई समेत मनकुमारी ले आफ्नो खुसी सुनाउने गरेकी छन् । छोराले बिदेशमा दुख पाएर फर्किएपछि अब कहिल्यै विदेश जान नपर्ने गरी घरमौ कमाइरहेको मनकुमारी को भनाई छ।

विदेशबाट फर्किदा सात लाख ऋण
विदेशको बसाई बिट मारेर काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रुपैयाँ ऋण बोकेर घर फर्किएका श्रीषलाई अहिले लगानीको समस्या छैन् । विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न गरेको घरमै गरेको बाख्रापालन अहिले पैसा आउने मूल जस्तै बनेको छ । उनीसँगै छोराछोरीले समेत कमाई गर्न थालेपछि फार्मको आम्दानीले थप विस्तारमा सहज भएको छ ।

एउटा छोरा भारतीय सेनामा छन्, छोरी हरियाली कृषि फार्ममा लेखा शाखामा कार्यरत छिन् भने एउटा छोराले यसबर्ष एसइई दिदैछन् । उनको विगतको दैनिक झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै चलचित्रको कल्पना जस्तै लागे पनि नपत्याई भने धरै छैन । श्रीषले बीउका रुपमा बोएर जातको बाख्रा पालेकाले बोएरको स्रोत केन्द्र बनाउन आवश्यक पूर्वाधार र दर्जनभन्दा बढी तालीम लिइरहेका छन् ।

Leave a Reply