म्याग्दी जिल्लाका साहित्यकार भक्तबहादुर कार्कीको खोजीकार्य गर्न माग गदैं घटनामा संलग्न दोषीलाई कारबाही गर्न म्याग्दीका साहित्यिक संघसंस्थाले माग गरेका छन् । मंगलबार म्याग्दी साहित्यिक समाज, श्री सूर्यनारायण पुरस्कार संस्था र पुलस्त्य साहित्य प्रतिष्ठानले विज्ञप्ति जारी गरी

जिल्लाकै एक शैक्षिक एवम् सामाजिक अभियन्ता भक्त कार्कीको हत्याले समाजले एक असल व्यक्तित्व गुमाएको भन्दै हत्याकाण्डको यथाशीघ्र अनुसन्धान र छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग गरिएको छ ।

म्याग्दी साहित्यिक समाजका अध्यक्ष धुब्रलाल शर्मा, पुलस्त्य साहित्य प्रतिष्ठानका सचिव अजयमिलन श्रेष्ठ र सूर्यनारायण पुरस्कार संस्थाका अध्यक्ष कृष्ण बानियाँद्धारा जारी विज्ञत्तीमा शैक्षिक एवम् सामाजिक क्षेत्रले अपुरणीय क्षति व्यहोरेको यस दुःखदायी परिस्थितिमा दोषीको पहिचानसँग बेपत्ता कार्कीको खोजीमा समेत सक्रिय हुन अपिल गरिएको छ ।

पौलस्त्य साहित्य समाज, म्याग्दीका संस्थापक अध्यक्ष÷संरक्षक, म्याग्दी साहित्य समाजका सल्लाहकार, विभिन्न शैक्षिक, सामाजिक एवम् साहित्यिक संघसंस्थामा आबद्ध बेनी नगरपालिका–५ बगुवाखोलास्थित बाल जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्की २०७८ असार ६ गते बिहान ९ बजे विद्यालय गएको अवस्थादेखि बेपत्ता हुनुभएको थियो।विद्यालय नजिकै भएको साङ्घातिक आक्रमण पश्चात् हत्या गरी शवलाई म्याग्दी नदीमा फालेर बगाइएको घटनास्थलको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply