नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष भक्त कार्कीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न पेशागत संघसंस्थाले माग गरेका छन् । विद्यालयभन्दा करिब डेढ सय मिटर पश्चिमतर्फ पैदल हिडिरहेको अवस्थामा विभत्स ढंगले कुटपिट गरी म्याग्दी नदीमा फालेको घटनाले म्याग्दीका शिक्षक स्तब्ध भएको बताउँदै घटनामा संलग्नलाई कडा कारवाहीको माग गरिएको छ।

नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लेकबहादुर हमाल, नेपाल शिक्षक संघका अध्यक्ष नगेन्द्र खत्री र एकिकृत नेपाल शिक्षक संगठनका अध्यक्ष होमनाथ पाण्डेले प्रजिअ गणेशबहादुर अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै जुनसुकै कारणले घटना घटाइएको भएपनि निस्पक्ष रुपमा अनुसन्धान गर्न माग गरिएको छ ।

सदरमुकाम बेनीबजारबाट करिब ३ किलोमिटरमा रहेको विद्यालयमा दिउँसै भएको घटनाको अनुसन्धानमा कमजोरी भए शिक्षकको विद्यालय प्रतिको अपनत्व घट्ने भन्दै उच्चस्तरीय अनुसन्धान तथा बेपत्ता कार्कीको खोजीकार्यका लागि गोताखोरको टोली समेत झिकाउन अनुरोध गरिएको नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदीले बताउनुभयो । ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले सत्य तथ्य छानबिनमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Leave a Reply