गुड नेवर्स इन्टरनेशनल नेपालले म्याग्दीमा साढे ८ लाखभन्दा बढीको स्वास्थ्य साम्रागी वितरण गरेको छ ।  जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा बेनी अस्पताल, मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकालाई प्रजिअ गणेशबहादुर अधिकारीमार्फत स्वास्थ्य साम्रागी हस्तान्तरण गरेको ।

गुड नेवर्स इन्टरनेशनल नेपालका सामुदायिक विकास परियोजनाका जिल्ला संयोजक खेम रोकायमार्फत कोरोना रोकथाम सहितको अभियानमा सहयोग गर्ने गरी उक्त साम्रागी हस्तान्तरण गरेको बताए ।

उनका अनुसार बजारमा अभाव भएका केही साम्रागी समेत पछि सहयोग गर्ने बताए । बेनी अस्पताल, मालिका र धवलागिरी गाउँपालिकालाई प्रति २ लाख ८७ हजार ३ सय ६२ रुपैयाँको दरले सहयोग गरिएको संस्थाले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, प्रमुख डा. जितेन्द्र कँडेल, गैरसरकारी संस्था म्याग्दीका अध्यक्ष दिपक पौडेल,गैससका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेल,कदम म्याग्दीका अध्यक्ष, कदम म्याग्दीका धुब्र रेग्मी, धवलागिरी गाउँपालिकाका प्रतिनिधि सरोज थापालाई हस्तान्तरण गरिएको थियो ।

गुड नेवर्सले म्याग्दीमा कदम र संगम म्याग्दीमार्फत मालिका र धवलागिरी गाउँपालिकामा सामुदायिक विकास परियोजना सञ्चालन गरिरहेको छ ।

Leave a Reply