चिनमा ब्यवसाय गर्ने एक नेपाली ब्यवसायीले बेनी अस्पताललाई ५ थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । दरबाङ-म्याग्दी जलविद्युत आयोजानाका प्रबन्ध निर्देशक हर्कमान मगरको पहलमा सिराह जिल्ला घर भई लामो समयदेखि चिनमा ब्यवसाय गदैं आएका राज नारायण शाहले सहयोग गरेका हुन् ।

उक्त सहयोग मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा पत्रकार हरिकृष्ण गौतमले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालालाई हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष कटुवालले ब्यक्तिगत र संस्थागत सहयोगबाट बेनी अस्पतालमा आवश्यक उपकरणहरु जुटाउन सफल भएको बताए ।

उनले गुणस्तरीय सेवाका लागि अस्पतालले स्वदेश तथा विदेशमा रहेन नेपालीहरुसँग थप सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउँदै सहयोगदाताको अभिलेख समेत रहेको बताए ।

चिनको हाउचाउ सहरको च् च्याङ विश्व विद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका शाह र म्याग्दीका घर्तीमगरको १९९० मा चिनमा अध्ययनको सिलसिलामा चिनजान भएको थियो भने हङकङ र चिनमा समेत ब्यवसायमा साझेदारी गरेका थिए । सहयोगदाता म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको रबाङ–म्याग्दी जलविद्युत आयोजानाको लगानीकर्ता समेत रहेको संयोजनकर्ता घर्तीले बताए ।

उनले आगामी दिनमा समेत सहयोगका लागि अनुरोध गर्ने बताए। ब्यवसायी साहले कोरोना रोकथामको अभियानमा नेपाल सरकारलाई ३७ थान कन्सन्ट्रेटर सहयोग गरिसकेका छन् । अक्सिजन कन्सन्ट्रेटरले वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउछ । हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिन्छ ।

Leave a Reply