म्याग्दीको मालिका गाउँपालिका0२,रूम स्वास्थ्य चौकीलाई ३ लाख बराबरको स्वास्थ्य साम्रागी सहयोग गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा इजरायलमा रहनुभएकी रुम बेलीकी विष्णु पुन मगरको पहलमा ४ वटा अक्सिजन सिलिण्डर, ३ थान बेड, एन ९५ १ सय ११ पिस, २० लिटर सेनिटाइजर र ३० हजार बराबरको औषधी हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा बेलीका लालु पुन, भिमसरा पुन, सुकमा पुन, कृष्णबहादुर पुनले सहयोग साम्रागी हस्तान्तरण गर्नुभएको थियो । वडा भित्र कोरोना नियन्त्रणको अभियानलाई प्रभावकारी बनाउन तथा स्वास्थ्य चौकीलाई थप सुविधाका लागी उक्त सहयोग जुटाएको संयोजनकर्ता पुनमगरले बताउनुभयो ।

यसअगाडी समेत पुन मगरले ब्यक्तिगत रुपमा बेली गाउँका स्थानीयलाई स्वास्थ्य साम्रागी सहित उपकरण खरिद गरी सहयोग गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता वडा सदस्य समबहादुर विक, अतिथि वडा सचिव सोभा सापकोटा लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी अनमी धनमायाँ पुनले गर्नुभएको थियो ।

सहयोगदाताको विवतरण

(1)स्वर्गीय गङ्ग बहादुर पुन को नाममा गिरसरा पुन र शरत पुन को तर्फबाट १० वटा पिपिई
(2) जापानमा कार्यरत टक बहादुर पुन को तर्फबाट ३३ हजार बराबरको औषधि
(3) निस्कोट निबासी बल्सिङ थापाको तर्फबाट १५ लितर सेनेटाइजर
(4) अमेरिकामा कार्यरत छेङ्वाङ शेर्पाको तर्फबाट ठुलो सिलिन्डर, मिडिकल सप्लाई
(5) अमेरिकामा राजुु गुरुङको तर्फबाट बीस हजार आर्थिक सयोग
(6) अमेरिकामा लक्ष्मी शर्मा सापकोटाको तर्फबाट दश हजार आर्थिक सयोग
(7)इजरायलमा कार्यरत बिद्या थापामगर ठकुरीको तर्फबाटसात हजर ३१ रुपैया आर्थिक सयोग
(8)फार्मेसी सम्बन्धि सयोग गर्नु हुने डाक्टर रमेश कार्की

Leave a Reply