निरन्तरको वर्षाका कारण म्याग्दीको मालिका गाउँपालिकामा ३२ घरधुरी पूर्णरुपमा र ७ घरमा आंशिक क्षती भएको छ । असार महिनाको पहिलो दिनदेखि नै लगातार भइरहेको बर्षाले करिब ९१ धरधुरी उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

उनका अनुसार बाढीपहिरोले वडा नं १ ५ घरधुरी, वडा नं २ मा ११, वडा नं ३ मा ८, वडा नं ४ मा ३ , वडा नं ५ ३ र वडा नं ६ मा २ घरधुरी पूर्णरुपमा क्षती भएको छ । पूर्ण रुपमा विस्थापित, उच्च जोखिममा परेकाहरु छिमेकी, आफन्त र सार्वजनिक स्थानमा अन्यत्र आश्रय लिएर बसेका छन् ।

विस्थापितलाई राहत तथा पुर्नस्थापनाका लागि विपद् ब्यवस्थापन समिति, प्रदेश र संघीय सरकारलाई समेत अनुरोध गरिएको छ । ‘विस्थापितको संख्या बढ्दै छ,‘बाढीपहिरोको जोखिममा रहेका घरहरू धेरै छन्’ अध्यक्ष रोकाले भने ।

बाढीपहिरोले ग्रामिण सडकसँगै सार्वजनिक संरचनामा समेत असर गरेको छ । पहिरो खस्दा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सार्ने र आवश्यक राहत सहितको सामान जुटाउने कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गतबर्ष विस्थापित भएकाको पुर्नबास सहितको अभियान समेत गाउँपालिका भित्र तिब्र रुपमा अगाडी बढेको छ ।

Leave a Reply