नेपाल औषधि व्यवसायी संघ म्याग्दीले ४८ औ स्थापना दिवसको उपलक्ष्यमा स्वास्थ्य साम्रागी र खाद्यान्न सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा सक्रिय जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मी र ट्राफिक प्रहरीलाई स्वास्थ्य साम्रागी तथा बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग गरिएको संघका कोषाध्यक्ष कुमार बानियाँले बताए ।

उनले कोरोनाको जोखिमका कारण स्थापना दिवसको अवसरमा अन्य कार्यक्रमहरु सञ्चालन नगरिएको बताए । स्वास्थ्य साम्रागी संघका अध्यक्ष अमर पाण्डेले प्रहरी नायव उपरीक्षक श्यामकुमार राई र  ट्राफिक प्रमुख मिनबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । संघका अध्यक्ष पाण्डेले औषधी ब्यवसायीले ब्यवसायसँगै समुदायमा आवश्यक पर्ने क्षेत्रमा समेत निरन्तर सहयोग र सहकार्य गर्ने बताए । म्याग्दीमा मेडिकल क्षेत्रमा सक्रिय ब्यवसायीहरु एकजुट भएर संघको स्थापना गरेका छन् । म्याग्दीमा करिब ४५ औषधी पसल रहेका छन् ।

Leave a Reply