बेनी नगरपालिका-५,बगुवाखोलास्थित बालजागृति आधारभुत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीको अवस्था अझै अज्ञात रहेको छ । विद्यालयबाट करिब डेढ सय मिटर पश्चिमतर्फ पैदल हिडिरहेको अवस्थामा निर्मममतापूर्वक कुटपिट पश्चात म्याग्दी नदीमा बगाइदिएको अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेपनि शब अझै भेटिएको छैन् ।

आइतबार विहान अन्दाजी करिब ९ बजेदेखि बेपत्ता प्रअ कार्कीको खोजीमा सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएपनि अवस्था अज्ञात रहेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल आसपासबाट नदीको दुबैतर्फबाट मालढुंगासम्म खोजी गरिएको थियो ।

खोजीकार्यमा स्थानीय उपकरण प्रयोग गरिएपनि आधुनिक उपकरणको अभावले समस्या भएको भन्दै स्थानीयले आधुनिक उपकरण ल्याउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । प्रअ कार्कीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका स्थानीय ३१ बर्षिय सञ्जय बानियाँलाई प्रहरीले सार्वजनिक गरिसकेको छ ।

Leave a Reply