म्याग्दीको मंगला गाउँपालिका-४,बरंजा स्वास्थ्य चौकीमा अस्ट्रेलियामा रहेका बरंजाबासीले डेढ लाख बराबरको स्वास्थ्य साम्रागी सहयोग गरेका छन् ।

बरंजामा सञ्चालित कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा पूर्णबहादुर रोका, खेम पूर्जा, फनबहादुर रोका लगायतको पहल संकलन भएको आर्थिकबाट खरिद गरिएको स्वास्थ्य साम्रागी शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

स्थानीय संयोजनकर्ता लोकेश पुनमगरले वडा अध्यक्ष ओमबहादुर रोका, वडा सदस्य सुकमायाँ कामी, स्वास्थ्य चौकीकी अनमी यशोदा रोकालाई सर्जिकल ८ हजार ५ सय पिस, ठूलो अक्सिजन सिलिण्डर २ थान, फ्लोमिटर २ थान, पिपिई १० सेट, फेसशिल्ड ५० थान, ५ लिटरको १० जर्किन सेनिटाइजर र सानो सेनिटाइजर १ सय थान हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रोकाले गाउँमा अति आवश्यक पर्ने अक्सिजनको सिलिण्डर सहितको स्वास्थ्य साम्रागी प्राप्त भएकोमा सहयोगदातालाई आभार प्रकट गरेका थिए ।

सोही अवसरमा सयोजनकर्ता ओमकुमारी शान्ति कोषका सचिव पुनमगरले भविस्यमा पनि बरंजाबासीको आवश्यकतालाई मध्यनजर गरी सहयोग संकलन अभियान सञ्चालन गरिने बताए । शरीरमा अक्जिनको अभाव भएका बिरामीलाई बेनी अस्पतालमा ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीमा अब सहज हुने स्वास्थ्यकर्मीको भनाई छ ।

सहयोगदाताहरु

१) युबराज फगामी मङ्गला ३ दिलघर $१५०/-

२) पुर्ण बहादुर रोका मङ्गला ३ आर्भाङ $१५०/-

३) श्याम कुमार थापा मङ्गला ४ दुर्दि $११०/-

४) शिव घर्ती मगर मङ्गला ३ माझगाउ $६५/-

५) सुश्मा रोका मगर मङ्गला ३ आर्भाङ $५५/-

६) तुल थापा मगर मङ्गला ४ बुकेनि $१०१/-

७) दिपक रोका मगर मङ्गला ३ दिलघर $७०/-

८) शिला रोका मगर मङ्गला ४ सोल्धारा $१०५/-

९)बिन्दु छन्त्याल मङ्गला ४ झाकृपानी $१०१/-

१०) बम बहादुर पुन मङ्गला ४ सोल्धरा $१११/-

११)लिलाराज रोका मगर मङला ३ तोरिदादा $५५/-

१२)सुकमाया रोका मगर मङ्गला ४ बिस्मोर $५५/-

१३)खेम पुर्जा मगर मङ्ला ४ महेश $१०१/-

१४)सिजन छन्त्याल मङला ३ खानिगाउ $१२०/

१५) फन बहादुर रोका मङ्ला ३ आर्भाङ $१५१/-

१६) याम बहादुर रोका मङ्गला ३ आर्भाङ $६०/-

Leave a Reply