म्याग्दीको मालिका गाउँपालिका-५,देविस्थानमा आपत्कालिन कोषको स्थापनाका लागि एक दम्पत्तीले ४ लाख सहयोग गरेका छन् । शिक्षा, स्वास्थ्य, सामाजिक तथा मानवीय सेवामा सहयोग गदैं आएका यूके निवासी पदमबहादुर र उदिमा बुढाथोकीले कोषको स्थापनाका लागि उक्त सहयोग गरेका हुन् ।

प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी स्थापना भएको कोषमा वडा अध्यक्ष पिपला बुढा ७ हजार, वडा सदस्यहरु मिम पुन ५५ सय, सु. दिलबहादुर पुन ५ हजार, राजमती पुन बुढा ५ हजार, स्वास्थ्य चौकी प्रमुख तेजिन्द्र राना ७ हजार ५५० सहयोग गरेको सुर्यमुखी यूवा क्लवका अध्यक्ष भक्त घर्ती मगरले जानकारी दिए ।

वडा अध्यक्ष बुढाले देविस्थानबासीको उपचार सहित हरेक समस्यामा प्रवासीको सहयोगले सहज हुने गरेको बताउँदै कोषको स्थापना गरेपछि अप्ठ्यारोमा परेका सहयोगमा सहज हुने बताईन् ।
उनले सहयोगदाता, जनप्रतिनिधि, यूवा क्लवका प्रतिनिधि सहित सरोकारवाला निकायको उपस्थितीमा कार्यविधि बनाएर कोषलाई ब्यवस्थित बनाउने बताईन् ।

पदमबहादुर र उदिमा बुढाथोकी

सोही अवसरमा देविस्थान स्वास्थ्य चौकीलाई पदमबहादुर बुढाथोकीले स्वर्गिय मातापिता सर्कनी र लालप्रसाद बुढाथोकीको स्मृतिमा खाट, बेडकभर ५÷५ सेट, श्रीप्रसाद र बिना बुढाथोकी हाल बु्रनाईले २ थान अक्सिजन सिलिण्डर र फ्लो मिटर २ थान, १ थान ह्विलचियर, दमसरा फगामीले स्वर्गिय श्रीमान देबबहादुर फगामीको ६१ औं पुन्यतिथिमा ह्विचियर १ र बैकल्पिक प्रेसर सिस्टम १ सेट सहयोग गरेका थिए ।श्रीप्रसाद र बिना बुढाथोकी

देविस्थानको सामाजिक, मानवीय सहित विभिन्न गतिविधिमा सक्रिय रहेको सुर्यमुखी यूवा क्लवको संस्थागत विकासका लागि पदमबहादुर बुढाथोकीले २० हजार सहयोग गरेको क्लवका सदस्य दिप मगरले जानकारी दिए ।

कार्यक्रमको अधयक्षता वडा अध्यक्ष बुढा, स्वागत सुर्यमुखी यूवा क्लवका अध्यक्ष भक्त घर्ती मगर, कार्यक्रम सञ्चालन स्वास्थ्य इन्चार्ज तेजिन्द्र रानाले गरेका थिए । यसैबीच वडाको आपत्कालिन कोषमा सहयोग गर्ने समेत अपिल गरिएको छ ।

Leave a Reply