म्याग्दीमा आज थप मंगला गाउँपालिकामा २८ जना , रघुगंगा गाउँपालिकामा १ जना, अन्नपुर्ण गाउँपालिकामा ४ जना गरी ३३ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २३७९ जना पुगेको छ ( पिसिआरबाट १६१७ जना र एन्टिजेनबाट ७६२)। जिल्लामा ९२ जना सक्रिय संक्रमित हुनुहुन्छ। आज २ जना संक्रमित निको भएर आइसोलेसन मुक्त हुनु भएको छ। हालसम्म अब १५ वटा नमुनाको नतिजा आउन बाँकी छ।

Leave a Reply