---Advertisement---

दानाको मोतिचौर बराहमा मुक्तिनाथको झल्को दिने १०८ धारा निर्माण

On: June 28, 2021 8:49 PM
Follow Us:

धार्मिक पर्यटक आकर्षणका लागि मुस्ताङको मुक्तिनाथको झल्को दिने गरी म्याग्दीको अन्नपुर्ण गाउँपालीका-३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एबँ पर्यटकीय स्थल मोतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले सो धारा निर्माण गरिएको हो ।

आर्थिक बर्ष २०७७÷०७८ मा अन्नपुर्ण गाउँपालीका बाट बिनियोजित रु आठ लाख, देश तथा बिदेशमा रहेका दाना बासीहरुबाट प्राप्त सहयोग रु एघार लाख र रु ३ लाख बराबरको स्थानीयको श्रमदान गरि कुल २० लाखको लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगा बहादुर थापाले बताउनुभयो ।  उहाँले स्नान गरी पुन्यप्राप्ति हुने गरी धार्मिक कार्य गरिने छ । धारा निर्माणकार्य सम्पन्न गरी स्नान गर्न थालेपछि यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुने थापाको भनाई छ ।

मोतीचौरमा शिद्घ र बराहको मन्दिर रहेको छ । जहाँ प्रत्यक बर्ष जनै पुर्णिमाको अबसरमा बिशेष पुजाआजा हुने गर्दछ । जिल्ला र जिल्ला बाहिरका भक्तजनहरुले आफ्नो मनोकाक्षाँ पुरा गर्नका लागि बली सहित त्यहाँ भाकल तथा पुजा गर्न आउने गर्दछन । सन्तान नभएकाहरुलाइ सन्तानको बर प्राप्त हुने भएकाले पनि यस क्षेत्रको अझै बढि महत्व रहेको मोतिचौर बराह का संरक्षक टेक बहादुर थापाले बताउनुभयो । बली नदिइ पुजा गर्नेहरुका लागि १०८ धाराको छेउँमा लक्ष्मी नारायणको मन्दिर पनि निर्माण भइरहेको छ ।

मोतिचौर बराहका संरक्षक टेक बहादुर थापा, लेफ्टििनेन्ट बेल बहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपुर्ण गाउँ कार्य पालीका सदस्य थम बहादुर बिश्वकर्मा लगाएतको पहलमा उक्त धारा निर्माण गरिएको हो । पबित्र धार्मिक स्थलमा भक्तजनहरुलाइ आकर्षित गर्न र आन्तरिक पर्यटनलाइ पनि प्रबद्घन गर्नका लागि गाउँपालीका बाट बजेट माग गरि धारा निर्माण गरिएको जनाइएको छ ।

भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ । गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतिचौरमा धारा निर्माणका लागि युके लगाएत बिदेशमा रहेका दाना बासीहरुबाट करिब एघार लाख रुपैया सहयोग प्राप्त भएको आर्थिक संकलन अभियानकर्ता ले.बेल बहादुर पुर्जाले बताउनुभयो । उहाँका अनुसार हिउँदमा पनि नसुक्ने १०८ वटा मुलहरु बाट पानी ल्याइएकोले पनि यो धाराको बिषेश महत्व रहेको छ ।

यहाँ स्नान गर्ने भक्तजनहरुको मन शुद्घ हुने र चिताएको पनि पुग्ने बिश्वास लिइएको छ । मातिचौरको धार्मिक पर्यटनलाइ बिकास गर्नका लागि यसै आबदेखि नै दाना, घट्टेखोला, डाँडागाउँ देखि कुलीबाङ्ग हुँदै द्वारी मोतिचौर पुग्ने सडक खन्न सुरु गरिएको छ । सो सडकलाइ निरन्तरता दिनका लागि आगामी आर्थिक बर्षमा पनि वडा बाट पन्ध्र लाख रुपैया बजेट बिनियोजन गरिएको अन्नपुर्ण गाउँपालीका ३ दानाका वडा अध्यक्ष नरसिङ पुनले बताउनुभयो ।

धारा निर्माण संगै त्यहाँ आबश्यक पुबार्धारका काम बाँकी नै रहेको छ । स्नान पश्चात कपडा फेर्ने ठाउँ, महिला पुरुष शौचालय, ब्यबस्थीत घेराबार, पानीको मुहानको उचित संरक्षण, शिद्घ र बराह मन्दिर मर्मत, प्रबेश द्वार निर्माण लगाएतका काम गर्न आबश्यक रहेकोले वडा, पालीका र देश बिदेशमा रहेका दाना बासीहरुलाइ सहयोगको  सहयोगको आब्हान गरिएको उपभोक्ता समितिका सचिब एबँ स्थानीय संचारकर्मी गंगा पुनले बताउनुभयो ।