म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितका लागि निर्मित घर हस्तान्तरण सुरु गरेको छ । गतबर्ष बाढीपहिरोका कारण विस्थापित भएकाको घर निर्माण सम्पन्न भएपछि मंगलबार बेनी नगरपालिकामा एक समारोहमा जनप्रतिनिधि,सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा सम्बन्धित पीडितहरूलाई हस्तान्तरण गरिएको हो ।

मोनाले बेनपामा ४ घर निर्माणको जिम्मा लिएको थियो ।०७७ असार महिनाको अन्तिम साता पहिरोले विस्थापित भएपछि छिमेकी र अस्थायी टहरोमा बिताइरहेका पीडितलाई विश्वभर रहेका म्याग्देलीलाई यो बर्खामा आफ्नै घरमा बस्ने गरी हस्तान्तरण गरिएको मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

उनले नयाँ बर्षको उपहारका रुपमा नयाँ दिने तयारी गरिएपनि कोरोनाका कारण समस्या भएको बताउँदै मोनाले लक्ष्य अनुसार नै घर निर्माण गरी हस्तान्तरण गरेको बताउनुभयो । मोनाले बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरूमध्ये जिल्लाभर ४० घरको जिम्मा लिएको थियो ।

विपद् ब्यवस्थापन समिति,स्थानीय प्रशासन र पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारको घर बनाइरहेको अध्यक्ष जुग्जालीको भनाई छ ।

घर हस्तान्तरण कार्यक्रममा विश्वभर रहेका म्याग्देलीको सहयोगबाट समयमै सम्पन्न गर्न सहज भएको बताइएको थियो । रघुगंगा गाउँपालिका–५,झिँबाट सुरू भएको पुर्नबास अभियानमा मोना हङकङका पूर्व अध्यक्ष एवम् पुर्नवास कार्यदलका सदस्य दल शेरबुजाको नेतृत्वमा टोली खटिएको थियो । मोनाले बनाएको घरमा एक वटा भान्छा कोठा सहित तीन कोठा रहेको छ । भूकम्प प्रतिरोधी क्षमतामा ५ लाख खर्चिएको छ ।

धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर छ। स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सघाएको थियो । बिम र मराङमा स्थानीय समुदायको पहलमा संकलित रकमले जग्गा ब्यवस्थापन गरिएको र पालिकाले जग्गामा घर निर्माण गर्न सम्माउने सघाएकाले सहज भएको थियो।

म्याग्दीमा यूवा निर्माण ब्यवसायी दुर्गा बुढामगरले स्थानीय र बाहिरबाट समेत कामदार लगेर समयमै घर बनाएर मोनालाई जिम्मा लगाएका थिए । मोनाले असार १६ गते धवलागिरीको मराङ, असार १७ गते मालिका गापाको बिम, असार १७ गते मंगला गापा, अन्नपूर्ण गापाको असार १९ र रघुगंगा गापाको असार २० गते हस्तान्तरण कार्यक्रम तय गरिएको मोनाका सचिव रमेश पौडेलले बताए ।

गतबर्ष म्याग्दी जिल्लाभर ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । मोनाले ४० घरको जिम्मा लिएपनि बाँकी पूर्णरुपमा विस्थापित भएकालाई राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणको कार्यबिधी–२०७७ तयार भएसँगै म्याग्दीका पूर्ण विस्थापितले पुर्नबास अभियानमा ५ लाख र आंशिक र समान्य क्षती भएकाले मर्मत सम्भारका लागि ५० हजार नगदको सम्झौता भइ हाल निर्माणकार्य भइरहेको छ भने केहीको सम्झौता समेत हुन सकेको छैन् ।

Leave a Reply