यस बर्ष प्रर्याप्त बर्षाका कारण मध्य असारसम्म म्याग्दी जिल्लाका जिल्लामा ४१ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लाभर ३ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो । करिव मानो छरेर मुरी उब्जाउने असार महिना अगाडी नै निरन्तरको बर्षाले खोलानदीमा मूल फुटेका कारण रोपाईमा सहज भएको कृषि ज्ञान केन्द्रका सुचना अधिकारी गोविन्द पाण्डेले बताए ।

उनका अनुसार उपल्लो भेगमा जेठको तेस्रो साता र तल्लो भेगमा असारको सुरुवातासंगै रोपाई सुरु भएको छ । विगतका बर्षमा असारको दोस्रोसातासम्म करिव २० प्रतिशत धान रोपाई सकिन्थ्यो । सिचाई सुविधा भएका अधिकाँस स्थानमा रोपाई सकिएको छ । यसबर्ष बर्षाले किसानलाई राहत मिलेको केन्द्रले जनाएको छ ।

कोरोनाका कारण लकडाउनको अवधिमा समेत ग्रामिण क्षेत्रमा धमाधम खेत रोपाई भइरहेको थियो । कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९५ क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लामा स्थानीय जातका गौरिया, गुडुरा, ताकमारे, मार्सी, भट्टे लगाएतका आयातित विकासे जातका अन्नपूर्ण ३, छमरुङ, खुमला ४, खुमला १० लगाएतका जातका धान रोप्दै आएका छन् ।

जिल्लामा १२ हजार ७ सय ३ मेट्रिक टन धान उत्पादनको अनुमान गरिएपनि बेनी नगरपालिका सहित अन्य पाँच वटै स्थानीय तहका बाँधो खेतका कारण कुल जनसंख्याको अनुपातमा १४ सय मेट्रिकटन खाद्यबाली आयात गर्ने गरिएको छ । उच्च हिमाली क्षेत्रका बासिन्दाले अन्य अन्नबाली उत्पादन गर्ने भएपनि चामल आयात गर्ने गरेका छन् । यस बर्ष कोरोनाको जोखिमले धान दिवस भिडभाड नगरी मनाइएको छ ।

Leave a Reply