म्याग्दीमा लकडाउन खुकुलो बनाएसँगै पुनः बढ्न थालेको छ । मंगलबार म्याग्दीमा थप ३३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार बेनी नगरपालिका १० जना, मंगला गाउँपालिकामा ६ जना, रघुगंगा गाउँपालिकामा ४ जना, अन्नपुर्ण गाउँपालिकामा ३ जना र छिमेकी पर्वत जिल्लाको जलजला गाँउपालिकामा ३ जना गरी २६ जना पिसिआर विधिबाट कोरोना पुष्टी भएृको छ ।

त्यस्तै धौलागिरी पालिकामा १ जना, मंगला गाउँपालिकामा २ जना र रघुगंगा गाउँपालिकामा ४ जना गरी ७ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण देखिएको सूचना अधिकारी गणेश सुबेदीले बताए । म्याग्दीका कोरोना संक्रमतिको संख्या घट्दै् गइरहेको अवस्थामा कोरोनालाई खुकुलो बनाइएको थियो । म्याग्दीमा कोरोनाको बिरामीसँगै संक्रमतिको ज्यान जाने क्रम समेत रोकिएको छैन् ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २४५३ जना पुगेको छ ( पिसिआरबाट १६५२ जना र एन्टिजेनबाट ८०१ )। जिल्लामा १५२ जना सक्रिय संक्रमित हुनुहुन्छ। आज १० जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार बसेको बैठकले आगामी २३ गते सम्म लकडाउन थप्ने निर्णय गरेको थियो ।

Leave a Reply