बेनी नगरपालिका–१ अर्जमका ४६ बर्षीय सोमबहादुर सुनार १७ दिनदेखि बेपत्ता भएका छन् । बागलुङ नगरपालिका–१ रामरेखामा बस्ने सुनार नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्किएका सुनार गत जेठ २९ गतदेखि बेपत्ता हुन् । परिवार स्रोतका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उनी हराएका हुन् ।

सुनारले सधैं सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको अर्जमका आशिष परियारले बताए । ‘अझै केही पत्ता लाग्न सकेको छैन’, खोजीकार्य जारी छ’ उनले भने । परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजी जारी राखेको छ ।

यतिका दिनसम्म उनी नभेटिँदा परिवारका सदस्य चिन्तामा छन् । सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका छन् । परिवारमा कुनै समस्या नभएको र स्वास्थ्यमा समेत कुनै खरावी नभएकाले परिवारले योजनाबद्ध घटनाको आशंका समेत गरेका छन् ।

Leave a Reply