म्याग्दीको मंगला गाउँपालिका-१, पुर्णगाउँतर्फ जाँदै गरेको जीप बुधबार दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । अबिरल बर्षासँगै हिलाम्मे सडकबाट चिप्लिदाँ जिपमा सवार ६ जना घाइते भएका छन् ।

बुधबार साँझ मंगला गाउँपालिका वडा नं. २ सिमलचौरदेखि कुहुँ पुर्णगाउँ जाने क्रममा मिथौमा ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा मंगला–१ का १३ वर्षीय विमल विक र बेनी नगरपालिका– ५ की २० वर्षीया सबिना भण्डारीको घटनास्थलमै ज्यान गएको थियो ।

त्यस्ते घाईते मध्ये मंगला मंगला–१ की ३५ बर्षिया गिता खत्रीको फेवासिटी हस्पिटल, पूर्णगाउँकै ३५ बर्षिया अमृता राम्जाली र अनिल रसाईलीको मणिपाल अस्पतालमा बुधबार साँझ नै रिफर गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए।

वर्ष २५ का सुजन आचार्य, वर्ष २६ की एन्जिला भण्डारी, वर्ष ८की एडीना नेपालीको बेनी अस्पतलामा उपचार भइरहेको छ। जीपमा ८ जना सवार थिए । तीमध्ये ६ जना घाइते भएका थिए । जीप सडकदेखि करिब तीन सय मिटर तल खसेको थियो ।

रिफर गरिएकोको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको छ । बाहिरी र भित्री चोट देखिएको अनिल रसाईलीको अवस्था गम्भीर भएपनि अन्य घाईते खतरामुक्त रहेको बताइएको छ ।

पोखरा रिफर गरिएको घाईतेलाई बेनी अस्पतला र लायन्स क्लव बेनी पिस सिटीको एम्बुलेन्समार्फत पोखरा पठाइएको थियो। लगातारको बर्षातका कारण सडक जोखिमपूर्ण रहेको अवस्थामा ग्रामिण क्षेत्रमा बर्षातको समयमा दुर्घटना हुने गरेको छ। घाईतेको उद्धारमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहितको टोली पुगेको थियो ।

Leave a Reply