बेनी अस्पताल म्याग्दीलाई अक्सिजन ग्यास सिलिण्डरसहितका स्वास्थ्य सामग्रीहरु सहयोग भएको छ । पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाको पहलमा आएको स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

अस्पताललाई १० लिटर क्षमताको अक्सिजन कन्सन्टे«टर मेसिन एकवटा, अक्सिजन ग्यास भरिएका ७ थान सिलिण्डर, गाउन सेट १ सय थान, गाउन सेट ५० थान, सर्जिकल क्याप १ सय थान, ग्लोब्स २ सय ५० जोडा, एन नाइन्टी फाइप मास्क १ सय ५० पिस र सर्जिकल मास्क १ हजार पिस हस्तान्तरण गरिएको छ । यसैगरी एन्टिजेन किट ५०, नसल क्यानुला २५ पिस, इन्जेक्सजन २ सय र भिटिएम ५ सय थान रहेको छ ।

उक्त स्वास्थ्य उपकरणहरु पूर्व मन्त्री थापाले बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेललाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply