सुरक्षित गर्भपतन सेवा तथा प्रजनन् स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत गैह्रसरकारी संस्था आईपास नेपालले स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । आईपास नेपालले कोभिड–१९ को संक्रमणबाट बच्नका लागि म्याग्दीका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको हो ।

बेनी अस्पताल र स्वास्थ्य कार्यालय म्याग्दी, मंगला, मालिका तथा धवलागिरि गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरुलाई कोभिड–१९ विरुद्ध स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको आईपास नेपालले जनाएको छ । उक्त सामग्रीहरु आईपास नेपालका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँबरले स्वास्थ्य कार्यलय म्याग्दीका प्रमुख एकनारायण लम्साल र बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेललाई हस्तान्तरण गरेकी छन् ।

सहयोग हस्तान्तरण गरिएका सामग्रीहरुमा पिपिई सेटहरु, गाउन सेट, ग्लोब्स, मास्क, स्यानीटाईजर, पल्स अक्सिमिटर तथा थर्मोमिटरलगायत झण्डै तीनलाख बराबरको सवास्थ्य सामग्री रहेको प्रदेश संयोजक कुँबरले जानकारी दिएकी छन् । सामग्री हस्तान्तरण समारोहमा बोल्दै स्वास्थ्य कार्यालय प्रमुख लम्सालले विपद्को समयमा साथ र सहयोग गर्ने आईपास नेपाललाई धन्यवाद दिएका थिए ।

यसैगरी बेनी अस्पतालका प्रमुख डा. कँडेलले प्रजनन् स्वास्थ्य क्षेत्रको सहयात्री आईपास नेपाललाई धन्यवाद दिंदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए । स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेल र निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।

 

Leave a Reply