गण्डकी प्रदेशका सांसद विनोद केसीलाई पितृशोक परेको छ । म्याग्दीको प्रदेश ‘क’ का सांसद एवम् नेकपा माओवादी केन्द्रका नेता समेत रहनुभएका केसीका पिता खिमबहादुर केसी १७ गते विहान बेनपा–८ स्थित आफ्नै निवासमै निधन भएको हो ।

स्वर्गीय केसीले माओवादी शान्तिप्रक्रियामा आएपछि समेत रचनात्मक दवाव सहित विभिन्न कार्यक्रममा द्धन्द्धपीडितका बारेमा खवरदारी समेत गर्ने गर्नुभएको थियो । स्वर्गीय केसीको जेठो छोराको जनयूद्धको क्रममा २०५८ सालमा ज्यान गएको थियो ।

पञ्चायती ब्यवस्था विरुद्ध शिक्षण पेशा छोडेर समेत आन्दोलनमा उत्रिनुभएको थियो । कम्मरमुनीको भाग नचल्ने अवस्थामा पनि द्धन्द्धपीडित परिवार, जनयूद्धका बारेमा आयोजित कार्यक्रममा हिब्लचियरमै पुगेर खवरदारी गर्ने गर्नुभएको थियो । स्वर्गीय केसीको बिहिबार नै कालिगण्डकी नदीमा दाहासंस्कार गरिने परिवारले जनाएको छ ।

Leave a Reply