जिल्ला प्रशासन कार्यालय पर्वतले आउदो २४ असारसम्मका लागि जिल्लाभर निशेधाज्ञा थप्ने निर्णय ग¥यो । उक्त निर्णयमा बिवाह, मृत्यू लगायतका संस्कारमा समेत १० जना भन्दा बढी भेला भए बिभिन्न ऐन र बिधेयक बमोजिम कारवाहि गरिने चेतावनी दिइएको छ ।

आफैले हस्ताक्षर गरि निशेधाज्ञा जारी गरेको २४ घण्टा नबित्दै प्रजिअ पाण्डे मोदी गाउपालिकामा आयोजित रोपाइ जात्रामा पुगिन् । मोदीमा आयोजित धान दिवसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि इजरायली राजदुत हनान गोडर लगायत करिव सय बढी व्यक्तिहरु सहभागि भएको स्थानीयले बताएका छन् । उक्त समुहमा प्रजिअ पाण्डे सहित पर्वतका प्रहरी र शसस्त्र प्रहरी प्रमुख लगायत जिल्लाका मुख्य तालुकदार निकायका प्रमुखहरु सहभागि थिए ।

त्यति मात्रै हाइन, कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको धान जोन, फलेबास नगरपालिका र कृषि निर्देशनालय पोखराले फलेबास–४ मुडिकुवामा आयोजना गरेको धान दिवसमा सयबढी मानिसहरुको भिडभाड गरेर धान दिवस भव्य रुपमा मनाइयो । फलेबासको मुडिकुवामा आयोजित कार्यक्रममा रोपाइ भन्दा पनि औपचारिक कार्यक्रम र बिभिन्न नेताहरुको भाषण सुनाउन सर्वसाधारणलाई भेला पारिएको थियो ।

भाषण गर्नेमा फलेबासका नगरप्रमुख, जिल्ला समन्वयका प्रमुख, एमालेका बिभिन्न जिल्ला नेता, बिभिन्न कार्यालयका प्रमुख लगायत थिए । करिव २ दशकपछि आफ्नो जन्मगाउ“ पुगेको बताउने राष्ट्रिय सभाका अध्यक्ष्ँ तिमिल्सिनाले गाउ“को पुरानो याद दिलाउन धानदिवस मनाउन गाउ“मै आएको बताएको स्थानीय सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।

शुरुमा फलेबास नै आउने कार्यक्रम तय गरेका तिमिल्सिना निशेधाज्ञाको बिचमा भिडभाड हुने र त्यसको बिरोध हुने कारण मुडिकुवामा नआएको उनिनिकट एक सञ्चारकर्मीले बताए । ‘मुडिकुवा नै जाने कार्यक्रम थियो,’ ति सञ्चारकर्मीले भने, ‘सामाजिक सञ्जालमा बिरोध हुनेजस्तो देखिएपछि उहा“ले आफ्नै गाउ“मा रोपाई गर्ने निधो गर्नुभयो ।’

आफै जारी गरेको निशेधाज्ञा तोड्दै भिडभाड गरेर रोपाई जात्रामा निस्किएकी प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री र स्थानीय प्रशासनको सामाजिक सञ्जालमा खरो बिरोध भइरहेको । बिभिन्न राजनीतिक दलदेखि सर्वसाधारण सम्मले सामाजिक प्रशासनको व्यवहारप्रति आक्रोश पोखेका छन् । राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बालकृष्ण पौडेल सामाजिक सञ्जालमा लेख्छन्, ‘नियमकानून गरिवलाई मात्रै हो । धनिलाई पटक्कै छुंदैन हाम्रो नेपालमा ।

समाजबाद उन्मुख गरिबमारा व्यवस्था ।’ राप्रपा नेपालका जिल्ला नेता प्रकाश पौडेल सामाजिक सञ्जालमै लेख्छन्, ‘कानूनको धज्जी उडाउने र यस्तो कार्यक्रम आयोजना गर्ने सबैलाई कानूनि कारवाहि हुनुपर्छ । होइन भने अब निशेधाज्ञा जनस्तरबाट अवज्ञा हुनसक्छ ।’ परसुराम सुबेदीले प्रशासन र सरकारी निकायबाटै निशेधाज्ञा उलंघन भएकोप्रति आक्रोश पोख्दै लेखेका छन्, ‘धन्न राजा महेन्द्रले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बनाइदिएका रहेछन् र अहिले हाम्रो सरकारलाई काम लागेको छ ।’

प्रशासनले जारी गरेको निशेधाज्ञाको सूचना अक्ष्ँरषः पालना गर्ने हो भने बिपन्न, नीजि सवारी नभएकाहरु खान र उपचार नपाएर मर्नुपर्ने अवस्था आउनसक्ने सर्वसाधारणको चिन्ता छ । ‘कोरोना १ बजेपछि बाजा बजाएर आउंछजस्तो गरि पुलिसले सिठी फुक्दै सटर तान्छ,’ कुश्माका व्यवसायी बिनोद शर्माले भने, ‘कि ठप्पै गरिदिए हुन्थ्यो । कि नियमित खोल्नपाए सहज हुन्थ्यो ।

सिमित समयमा खुल्दा झनै भिडभाड हुन्छ । प्रशासनले यो कुरा किन सोच्दैन ?’ अर्का व्यवसायी प्रदिप ठाकुर प्रशासनको निर्णयप्रति व्यङ्ग्य गर्दै भन्छन्, ‘कुश्मामा कोरोना १ बजेपछि आउ“छ रे । प्रशासनले भनेपछि पत्याउनैप¥यो ।’ मुडिकुवाका सागर गौंडेल भन्छन्, ‘दुई जना ग्राहक टेबलमा राखेर खाजा खुवाउंदा सेवा दिने मान्छे हिरासत जान्छ । सयौंको भिडभाड गरेर जात्रा गर्दा प्रजिअ ज्यू कता लामो निद्रामा हुनुहुन्छ ?’

जिल्लामा कोभिडको संक्रमण बढिरहेको समयमा सय भन्दा बढी मानिस जम्मा पारेर कार्यक्रम गर्दा जोखिम बढेको मुडिकुवाबासीको गुनासो छ । ‘हामीले दुइचारजना आएर अनौपचारिक कार्यक्रम होला भनेर बिरोध जनाएनौं,’ स्थानीय दिनेश लामिछानेले भने, ‘लस्करै लगाएर यत्रा मान्छे आएपछि हामीलाई बाहिर निस्किनै डर भयो । केटाकेटी कोठामा थुन्नुपरेको छ । केहि भैहाले कसले जिम्मा लिन्छ ?’ मानिसको भिड जम्मा पारेर कार्यक्रम आयोजना गरिएको विषयमा पर्वतका प्रमुख जिल्ला अधिकारी पाण्डे प्रतिकृया दिन मानिन् ।

‘यसविषयमा म पछि कुरा गर्छु ।’ पाण्डेले भनिन् । प्रशासनका प्रशासकीय अधिकृत बिमल गौतमले राष्ट्रिय सभाका अध्यक्ष सहभागि कार्यक्रममा भिडभाड नभएको दाबी गरे । ‘राम्जामा औपचारिक कार्यक्रम भएन । भिडभाड पनि खासै थिएन,’ गौतमले भने, ‘मुडिकुवामा भएको कार्यक्रमबारे मैले प्रतिकृया दिन मिल्दैन ।’ निशेधाज्ञा केहि खुकुलो पारिएसंगै पर्वतका बिभिन्न गाउ“मा कोभिडको संक्रमण तिब्र गतिमा फैलिएकोले सतर्कता अपनाउनुपर्ने बताए । Source: ekantipur.com

Leave a Reply