म्याग्दीमा कोरोना संक्रमणदर उकालो लाग्न थालेको छ । स्थिर अवस्थाको रहेको संक्रमति पछिल्लो केही दिनयता ग्रामिण क्षेत्रमा संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याकंले देखाउँछ । जिल्लामा सबैभन्दा धेरै संक्रमतिको संख्या मंगला गाउँपालिकामा भेटिएको छ।

मंगला–१ मा कोरोना संक्रमितको संख्या धेरै भेटिएपछि वडालाई १० दिनसम्म सिल समेत गरिएको अवस्थामा बिहिबार पुनः पिसिआर विधिबाट ३ जना र एन्टिजेनबाट २७ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । बिहिबार पिसिआर विधिबाट बेनपामा ६ जना र छिमेकी पर्वतको जलजला गाउँपालिकाबाट आएकामा ३ जनामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै एन्टीजेनमा रघुगंगा गाउँपालिकामा ३ जना संक्रमति भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले जानकारी दिए । सहरबजारको तुलनामा पछिल्लो समय ग्रामिण क्षेत्रमा कोरोना संक्रमति थपिएका छन् । जारी निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यको मापदण्डको पूर्णरुपमा पालना भएको छैन् ।

सरकारी निकायदेखि सर्वसाधारणको हेलचेक्रयाईं अत्यधिक बढेको समेत पाइएको छ भने बाहिरी जिल्लाबाट आउनेहरुमा समेत नियमत हुन सकेको छैन् । सदरमुकाम बेनीबजार सहित जिल्लाका सबै सानाठूला ब्यापारिक केन्द्रमा आवतजावत बाक्लिँदै गएको छ । जसकारण भौतिक दूरी कायम हुन सकेको छैन। संक्रमण जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयनमा स्वास्थ्यका सरोकारावाला निकायले जोड दिएका छन् । जिल्लामा १९० जना सक्रिय संक्रमित छन्।

Leave a Reply