पछिल्लो समय गुणस्तरीय सेवा विस्तार गर्दै आएको बेनी अस्पतालले एकसाताभित्र इन्डोस्कोपी सेवा सञ्चालनको गर्ने भएको छ । बिरामीको आवश्यकतालाई मध्यनजर गरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख बजेटबाट उपकरण गरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘भौतिक संरचना पर्याप्त नभए पनि गुणस्तरीय सेवा थपिरहेका छौ,‘इन्डोस्कोपी बिरामीलाई अति आवश्यक सेवाभित्र पर्छ’ अध्यक्ष कटुवालले भने । हाल मोनिटर सहित आवश्यक उपकरणहरु जडान भइरहेको छ ।

विघटित प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले धवलागिरी गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिदमा प्रयोग गरिएको अध्यक्ष कटुवालको बताए ।

हालसम्म इन्डोस्कोपी सेवाका लागि म्याग्दीबाट बिरामीलाई पोखरा रिफर गर्ने गरिएको थियो । इन्डोस्कोपी गर्दा शरिरमा एउटा पातलो नली राखेर शरिर भित्रका परेको असरलाई क्यामराको माध्यमबाट नजिकै रहेको मोनिटरमा हेरी समस्याको पहिचान गरिन्छ ।

नाककानको रोग, गलाको समस्या, आन्द्रा सुन्निए, पित्तथैलीमा पत्थरी,पेटको अल्सर हुँदा, दिसा पिसाबबाट रगत, गर्भावस्थामा गम्भीर समस्या देखिएमा, शल्यक्रिया गर्नु अगाडी र अन्य समस्या समेत पत्ता लगाउनका लागि इन्डोस्कोपी जरूरी हुने बेनी अस्पतालका चिकित्सकको भनाई छ ।

भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँचदेखि १० मिनेटमा इन्डोस्कोपी गरी आएको सूचनाका आधारमा बिरामीको उपचार हुन्छ। बेनी अस्पतालमा कार्यरत निक साइमन र पाटन स्वास्थ्य प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकले आधुनिक सेवा विस्तारसँगै दुर्लभ मानिएका शल्यक्रिया सहितको सेवा समेत प्रदान गरिरहेका छन् ।

 

Leave a Reply