म्याग्दीमा शनिबार थप १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार पिसिआर विधिबाट ९ जना र एन्टीजेन विधिबाट ६ जना संक्रमति थपिएका छन् । संक्रमतिमा पिसिआर तर्फबेनी नगरपालिकामा १ जना मंगला गाउँपालिकामा ५ जना , रघुगंगा गाउँपालिकामा २ जना र छिमेकी पर्वतको जलजला गाँउपालिकामा १ जना गरी ९ जना रहेका छन् ।

त्यस्तै अन्नपुर्ण गाउँपालिकामा ५ जना , बेनी नगरपालिकामा १ जना गरी ६ जनामा एन्टीजेन विधिबाट गरीएको परिक्षणमा संक्रमण पुष्टि भएको छ ।यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या २५४४ जना पुगेको छ। (पिसिआरबाट १६७६ जना र एन्टिजेनबाट ८६८ ) जिल्लामा २१० जना सक्रिय संक्रमित छन् । शनिबार ४ जना संक्रमित निको भएर आइसोलेसन मुक्त भएको जनाइएको छ ।

Leave a Reply