म्याग्दीको बेनी नगरपालिका-६,चुत्रेनीका २९ वर्षीय कृष्ण मल्ल पैसा कमाउने रहरले केही वर्ष विदेशमा विताए । विदेशमा सुपरभाईजरसम्मको जिम्मेबारी पाएका मल्ल घर फर्किएपछि अष्ट्रेलिया जाने हुटहुटीले मल्लको दिमागमा पनि तातियो ।

अष्ट्रेलिया जाने सोच बनाएका मल्लको घरमा बुबाले पालेको बाख्रापालनमा ध्यान गयो । करिब २ बर्ष साउदी र ४ बर्ष इराकमा पसिना बगाएका मल्ल विदेशको दुःखसँग परिचित थिए । विदेशको सपना त्यागेर आफ्नै गाउँठाँउमा केही गर्ने सोचमा बनाए । स्थानीय जातका बाख्राबाट सुरु गरेको ब्यवसायलाई उनले अहिले बोएर जातका बाख्रापालन गरेका छन् ।‘विदेश जाने मुड चेन्ज गरेर बाख्रापालन गरेको छु,अहिले नाफा कमाएको छैन्, बेचेर लगानी थपेको छु’ मल्लले भने ।

करिब ११ लाखबाट सुरु गरेको बाख्रापालन अहिले करिब ३० लाखभन्दा बढीका बोएर छन् भने ठूलो क्षेत्रफलमा उन्नतजातको घाँस समेत लगाएका छन् । बार्षिक १२ लाखसम्मको बिक्री गर्ने गरेको मल्लको भनाई छ । उनको फार्ममा ३ लाखसम्म पर्ने बोएर बोका छ ।

‘यहाँको कमाईले म पूर्णरुपमा सन्तुष्ट छु,‘आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गदैंछु’नेपाल ब्याबसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका मल्लले भने।

अष्ट्रेलियाबाट आयात गरिएको बोएर जातको बोका र एक माउबाट सुरु गरेको बाख्रापालन अहिले बेचेर १५ वटा भएपनि यसैबर्ष ५० पुर्याउने गरी थप बोएर मगाएका छन् भने खोरमै पनि एकबर्षमा दोब्बर हुने गरी माउ राखेका छन् । मल्लले यूवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए ।

कृष्ण बहुउद्देश्य कृषि तथा पशुपालन र्फम दर्ता गरेर मासुको प्रयोजनका लागि नभई शुद्व बोएर एवम् स्थानीय खरी जातको बाख्रालाई बोएर बोका दिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना रहेको मल्लको रहेको छ।

‘विदेशमाजाने बेलाको लगानी यही व्यवासायमा लगानी गरेर घरमा बस्न सोच आएर मैले यो बाख्रापालन सुरु गरेको हो’ उनले भने ।मल्लको खोरमा ५० वटा बाख्राको क्षमता रहेको छ। छिमेकी र बाँझो जमिन लिजमा लिएर घाँस समेत विस्तार गरेका छन् । पछिल्लो समय बोएर जातको बाख्रापालनमा यूवाहरुको आर्कषण देखिएको छ । उता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ्ग बानियाँले कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा अगाडी बढेकाले आवश्यकता अनुसार सहयोग गर्ने गरिएको बताए । उनले वडाभित्र कृषि, पशुपालन सहितका उत्पादनमुखी क्षेत्रमा सम्भावना भएकाले अनुदान सहित प्रोत्साहनमा जोड दिएको बताए ।

Leave a Reply