बाढीपहिरोबाट विस्थापित बेनी नगरपालिका–४, का स्थानीयलाई अमेरिकाबाट ४ लाखभन्दा बढी सहयोग गरिएको छ । गत असार १ गते रातीको अविरल बर्षासँगै नदीले धार परिवर्तन गरी बजार कटान गरेसँगै विस्थापित भएका तातोपानीबासी, तल्लोबजारको उपल्लोटोलमा माथिबाट खसेको पहिरोले असर गरेका १७ स्थानीय र सरस्वती माविलाई सहयोग हस्तान्तरण गरिएको हो ।

तातोपानी घर भई हाल अमेरिकामा रहेका दिपक रोका, कुल रोका र सोम बुढाथोकीको नेतृत्वमा संकलन भएको ४ लाख ११ हजार २२ मध्ये ५० हजार कोषमा राखेर सबै वितरण गरिएको तातोपानीका यूवा कुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतीका आधारमा सहयोग वितरण गरिएको छ ।

धेरै क्षती भएको मसारका ६ जनालाई २५ हजार, २ जनालाई १८ हजार, ६ जनालाई १५ हजार, ३ जनालाई ५ हजार र सरस्वती माविलाई ६० हजार सहयोग गरिएको छ। म्याग्दी नदीको कटानका कारण तातोपानी उच्च जोखिममा परेको छ । यता नदी कटानको जोखिममा परेका स्थानीयले पक्की पर्खाल सहितको संरचनाको माग गरेका छन् । नदीले धार परिवर्तन गरेकाले हरेक बर्खामा जोखिम बढेको बताउँदै मसारदेखि तल्लो तातोपान्रीबजारसम्म संरचनाको माग गरिएको छ ।

Donner List 

१) दिर्ग थापा/ गङ्गा थापा तातोपानि हाल us $ 310
२) दिपक रोका तातोपानि हाल us $ 200
३) कुल रोका तातोपानि हाल us $200
४) सोम बहादुर बुढाथोकि तातोपानि हाल us $ 200
५) रामु के सि तातोपानि तातोपानि हाल us $ 200
६) सुरेस गर्बुजा तातोपानि हाल us $ 200
७) सन्दिप कार्कि तातोपानि हाल us $ 200
८) ईश्वर बानिया तातोपानि हाल us $ 200
९) बिन्दु कुमार पुन तातोपानि/पोखरा हाल us $ 200
१०) सेर / सिब क्षत्री तातोपानि हाल us $ 200
११) दिक्पाल / सङ्गिता के सि राक्से हाल us $ 200
१२) कृण्ण कार्कि तातोपानि हाल us $ 150
१३) महेन्द्र बानिया तातोपानि हाल us $ 100
१४) मन प्रसाद रोका म्याग्दी हाल us $ 100
१५) मुकेस कुवर ठूलो खोला हाल us $ 100
१६) केशर खत्री अर्मन म्याग्दि हाल us $ 100
१७) रोशन खत्री अर्मन म्याग्दी हाल us $ 100
१८) प्रकाश थापा अर्मन म्याग्दी हाल us $ 100
१९) बिजय जुग्जालि बिम म्याग्दी हाल us $ 101
२०) निसान खत्री कोत्रबाङ म्याग्दी हाल us $ 75
२१) याम पुन मगर भकिम्लि म्याग्दी हाल us $ 51
२२) प्रकाश राना बाग्लुङ हाल us $ 51
२३ नर जङ्ग थापा बाग्लुङ हाल us $ 51
——–
जम्मा $ 3389

 

Leave a Reply