म्याग्दीको मंगला गाउँपालिका–५अर्मनको खहरेखोलाले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । गएराती परेको अविरल बर्षासँग खहरे खोलाले घर सहित बगाउँदा मालिका गाउँपालिका–६ रातोढुंगाका गजिन रोका र बिना रोकाको मृत्यु भएको हो ।

अर्मनको सिर्कुम र बोबाङको सिमाना हुदै बग्ने खहरेखोलाले स्थानीय तमबहादुर बुढाको घरमा पसल गरेर बस्ने रोका दम्पत्तीको शव घटनास्थलबाट तल पुरिएको अवस्थामा फेला परेको मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो ।

‘दुबैजनाको शब भेटिएको छ,‘क्षतीको विवरण संकलन भइरहेको छ’ उपाध्यक्ष केसीले भन्नुभयो । घटनास्थलमा मंगला गापाका अध्यक्ष सतप्रसाद रोका, मालिका गापा–६ का वडा अध्यक्ष सन्तनाथ सुबेदी सहित प्रहरीको टोली समेत पुगेको छ । राति घरमै सुतिरहेका उनीहरुलाई वर्षासँगै आएको खहरेले बगाएको थियो । खहरेखोला माथिल्लो क्षेत्रमा थुनिएपछि एक्कासी भेल आएको स्थानीयले बताएका छन् ।

Leave a Reply