गएराती परेको अविरल बर्षासँगै म्याग्दीको सदरमुकाम बेनीलाई जोड्ने जिल्लाका ठूला र ग्रामिण सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

बर्षासँगै सडकखण्डमा साना–ठूला पहिरो झरेकोले यातायात पूरै ठप्प भएको हो ।पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका–४ तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौर जोड्ने फाँपरखेतमा बाढीले सडक बगाएको छ भने अन्य विभिन्न स्थानमा पहिरो खसेको छ ।

त्यस्तै बेनी–जोमसोम सडकखण्ड अन्तरगत गलेश्वरदेखि माथिल्लो क्षेत्रमा अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । ‘जिल्लाभित्र बाढीपहिरोले सडक अस्तब्यस्त बनाएको छ,‘जिल्ला बाहिर जाने सडक समेत हाल अवरुद्ध छ’ प्रनाउ राईले भने ।

रातभर परेको पानीले स–साना पहिरो जाँदा ग्रामीण सडकहरुको तत्काल सञ्चालन हुन नसक्ने गरी भत्किएका छन् भने केही भरी रोकिएपछि मर्मत गरिने बताइएको छ । जिल्लाभित्रको मुख्य सडक खुलाउने प्रयास भएको जनाइएको छ ।

Leave a Reply