पर्वत/ पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार इक ३ जना वेपत्ता भएका छन् । गएरातीको भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्ट्रक्सनको गाडी र त्यसमा सवार ३ जना वेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा लामा कन्ट्रक्सनको एक साईड इन्चार्ज इन्जिनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहनुभएको छ । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
प्रहरीले राती १२ बजेदेखि नै खोजी गरिरहेपनि अवस्था पत्ता लाग्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भैरहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभयो ।

बाढिले ३ वटा घर बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरु घर छोडेर भागेपछि बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।अहिले मध्पहाडी लोकमार्ग पनि पुर्ण रुपमा अवरुद्ध रहेको छ । सडक अवरुद्ध हुँदा धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङवाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधन अलपत्र बनेका छन् ।

Leave a Reply