गएरातीको भिषण वर्षाले म्याग्दीको मंगला गाउँपालिका-५अर्मन छिस्वाङमा ६ घर विस्थापित भएका छन् । बस्ती नजिकै रहेको खहरे खोलामा आएको लेदो सहितको बाढीले ६ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

खहरेखोलाको कटानले छिस्वाङले ३ घर पूर्णरुपमा क्षती भएको छ । त्यस्तै मालिका गाँउपालिका–६ दुखुमा बेनी–दरबाङ सडकखण्ड विस्तारको क्रममा ठेकेदार कम्पनीको चरम लापरवाहीले एक घर क्षती भएको छ । सडक विस्तारमा ठेकेदारको चरम लापरवाहीले विस्थापित भएको स्थानीयले बताएका छन् । छिस्वाङ र दुखुमा २६ जना विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढीले २२ बर्षिय गजिन रोका र उहाँकी श्रीमति १९ बर्षिय बिना रोकाको मृत्यु भएको थियो । यसैबीच बाढीले छिस्वाङको करिब २२ घरधुरीलाई नियमित आपूर्ती भइरहेको खानेपानीको पाईप बगाइदिएको स्थानीय बाबुराम थापाले बताए । उनका अनुसार खानेपानीको मुहानमा असर नगरेपछि खहरेखोला हुदै ल्याइएको पाइप बगाएको छ ।

Leave a Reply