म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) थप एक साता थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबार बसेको बैठकले जनस्वास्थ्यको मापदण्ड पालना गरी पसल बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने बाहेक पुरानै मोडेलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रजिअ सुवास शर्मा पौडेलले दिनुभएको जानकारी अनुसार सार्वजनिक यातायात सहित भिडभाड हुने क्षेत्रलाई तत्काल खोल्दा कोरोना संक्रमणको जोखिम भएकाले आगामी असार ३१ गतेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

‘अझैपनि कोरोनाको जोखिम टरेको छैन्,‘खुल्ला गरेको क्षेत्रमा समेत जनस्वास्थ्यको मापदण्ड पालना नभए कारवाही हुन्छ’ सहायक प्रजिअ शर्माले भन्नुभयो । यसअगाडी थपिएको लकडाउन असार २३ गतेसम्म कायम गरिएको थियो ।

प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थामा हुने भिडलाई समेत कडाई गरिएको छ ।

बैठकले खाद्यान्न ,कृषि औजार ,मल ,विउविजन ,स्थानिय उत्पादित तरकारी ,फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,हार्डवयर पसल ,पुस्तक तथा स्टेशनरी पसल,सुनचाँदी पसल ,टेलरिङ,फेन्सी तथा कपडा पसल,इलेक्टेकल,इलेक्ट्रोनिक्स,भाँडापसल ,ग्याँस ,पेट्रोल लगायत सेवाका पसलह स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना लागु भएको बारेमा छड्के अनुगमन गरिने जनाइएको छ । यसैगरी जिल्ला स्थित सरकारी कार्यालयले साप्ताहिक रुपमा आलोपालो प्रणालीलाई समेत यथावत राखिएको छ।

आइतबार धवलागिरी र अन्नपुर्ण गाउँपालिका,सोमबार मालिका गाउँपालिका ,मंगलबार बेनी नरपालिका,बुधबार रघुगंगा गाउँपालिका ,बिहिबार मंगला गाउँपालिका र शुक्रबार बेनी नगरपालिकाले सेवा दिनेछन्।

यी क्षेत्र अझै खुल्ने सूचीमा परेनन् ।
लकडाउन खुकुलो बनाउने निर्णय गरिएपनि होटल, बस व्यवसाय, सिनेमाघर, व्युटिपार्लर, तातोपानी कुण्ड, एकै कोठामा बसेर सेवा दिने संघसंस्था लगायतका केहि सेवामुलक व्यवसायलाई तत्काल सञ्चालन गर्न नदिने निर्णय भएको छ । त्यस्तै सार्वजनिक यातायातका साधनहरुलाई समेत सञ्चालनमा रोक लाइएको छ ।

छिमेकी जिल्लामा निजी सवारी साधनलाई जोर बिजोर प्रणालिमा सञ्चालनमा आउन दिने समेत निर्णय गरिएपनि कोरोना संक्रमति घटेको अवस्थामा म्याग्दीमा भने चार पांग्रे र दुई पांग्रे सवारी साधन गते अनुसार जोर विजोर प्रणालिमा सञ्चालनमा रोक लगाइएको छ ।  सार्वजनिक यातायात सञ्चालन नहुदाँ ग्रामिण क्षेत्रमा बोलेरोले मनपरी भाडा लिएर लुकिछिपी सञ्चालन गर्ने गरेपनि सरकारी निकायले कडाई भने गर्न सकेका छैनन् ।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले गत बैशाख २३ गतेदेखि जिल्लामा लकडाउन गरिएको थियो । यता यातायात ब्यवसायी, होटल तथा अन्य ब्यवसायीले जनस्वास्थ्यको मापदण्डको प्रयोग गरी खोल्नुपर्ने माग गरेका छन् ।

 

Leave a Reply