लगातारको बर्षासँगै बेनी नगरपालिका-८ हिलसाईडबाट खसेको पहिरोले घतानचोक जोखिममा परेको छ । बिहिवार विहान हिलसाईटबाट खसेको पहिरोले घतानचोकका श्यामबहादुर भण्डारी र झनमाया केसीको घरमा सामान्य क्षति पु¥याएको छ । त्यस्तै सोही पहिरोका कारण घतानचोकका आधा दर्जन घर जोखिममा परेको स्थानीयले बताएका छन् ।

बजारमाथिबाट पहिरो खस्न थालेपछि स्थानीयबासीमा त्रास बढेको छ । पहिरोको तल र माथि समेत बस्ती रहेकाले तत्काल संरक्षणको लागि पहल गर्न स्थानीयबासीले माग गरेका छन् । तत्काल पहिरो नियन्त्रण नगरे आसपासमा थप क्षती हुने भन्दै स्थायी समाधानतर्फ ध्यान दिन माग गरिएको छ । लगातारको झरीले जिल्लाको जनजिवन अस्तब्यस्त भएको छ ।

Leave a Reply