लगातारको बर्षासँग म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक र कालीपुलमा असर गरेको छ । बर्षासँगै जामुनाखर्कको पाखोबाट आएको बाढीले हालै निर्मित नाली थुनिएपछि क्याम्पसचोक र बेनीबजार प्रवेशद्धार नजिकै हिलाम्मे भएको छ ।

कालीपुलमा रहेको देवेन्द्र पौडेलको ग्यारेज डुबाएको छ । ‘क्याम्पसचोकबाट खसेको बाढीले क्षती पुगेको छ,‘कम्तिमा २५ लाख बराबरको नोक्सानी भएको छ,‘बर्षा हुदाँ वित्तिकै असर गर्छ’ पौडेलले भने । हालैं निर्मित नालीमा लेदो थुप्रिएपछि क्याम्पसचोकको रुची चलचित्र मन्दिर नजिकै नाली फुटेको छ ।

पाखोबाट आएको बाढीले सदरमुकाम बेनीको क्याम्पसचोक फेरी अस्तब्यस्त भएको स्थानीयको भनाई छ । हालै निर्माणकार्य भइरहेकाले आगामी दिनमा समस्या नहुने नाली निर्माण तथा मर्मत उपभोक्ता समितिका गोविन्द बानियाँले बताए । नालीबाट सडकमा निस्किएको बाढीलाई स्थानीयले ब्यवस्थापन गरेका छन् ।

क्याम्पसचोकसँगै मंगलाघाट, अस्पताल चोक हरेक बर्ष बर्षातको समयमा अस्तब्यस्त हुन्छ । क्याम्पसचोकमा बाढी आउन थालेपछि बेनी नगरपालिकाले ढल निकासीका लागि ब्यक्तीको घर समेत किनेर थप बजेट विनियोजन गरी संरचना बनाएको थियो ।

Leave a Reply