म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेग स्थित सिमफाँटमा एउटा बस्ती नै पहिरोबाट विस्थापित भएको छ। चुत्रेनीमा रहेको सानो बस्तीका ५ घरपरिवार विस्थापित भएका छन् ।

पहिरोले एकै परिवारका तीन दाजुभाईको घर र खेतीयोग्य जमिनमा क्षति पु¥याएको झलक आचार्यले बताए ।उनका अनुसार पहिरोले स्थानीय कर्ण बहादुर पुर्जा, याम कुमार पुर्जा, नरबहादुर पुर्जा र हिमबहादुर विकको परिवार विस्थापित भएका छन् ।

पहिरोबाट विस्थापित बनेकाहरु अहिले गोठमा आश्रय लिएर बनेका छन् । पहिरोको कारण घरहरु भासिएको र बस्न नै नमिल्ने गरि चर्किएको कारण बस्ती नै विस्थापित भएकाले तत्काल पुर्नबास सहितका अभियानमा सहयोगको माग गरिएको छ । पुरानो बस्तीमा बस्न सक्ने अवस्था नभएकाले बैकल्पिक स्थानको खोजी भइहरेको छ ।

Leave a Reply