बेनी नगरपालिका-४, मुसिरी खोलामा पहिरोले ६ घर विस्थापित भएका छन् । लगातारको बर्षासँगै बस्तीमाथिबाट खसेको पहिरोले विस्थापित भएकालाई स्थानीयको सक्रियतामा विद्यालयमा राखिएको छ।

बर्षासँगै निरन्तर पहिरो खस्न थालेपछि विस्थापितलाई स्थानीय भुकृटी आधारभुत विद्यालयमा राखिएको स्थानीय अगुवा राजु गुरूङले बताए । उनका अनुसार थप जोखिम भएकाले केही समय विस्थापित घर फर्किन सक्ने अवस्था नभएको बताए ।

पहिरोले विस्थापित भएकालाई आवश्यकता अनुसारको सहयोग जुटाउने अभियान सुरु भएको छ । यसैबीच लायन्स क्लव अफ बेनी पिस सिटीको तर्फबाट ६ थान मेट्रेस, ६ थान दसना,६ थान सिरानी ८ थान बलाङ्केट र ५ हजार वराबरको दाल चामल लगायत खाद्यान्न सहयोग गरिएको क्लवका पूर्व अध्यक्ष लोकेश पुनमगरले बताए ।

उनका अनुसार थप सहयोगको आवश्यकता रहेकाले अभियानमा साथ दिन समेत अपिल गरेका छन् । क्लवले उक्त सहयोगलाई स्थानीय अगुवामार्फत हस्तान्तरण गरेको थियो ।

Leave a Reply