विपद न्युनिकरण लगातारको भारी बर्षाले देशैभर धनजनको ठुलो क्षति भयो । घरमै सुतिरहेका बेला बाढी आई पुर्यो, बाटोमा हिड्दै गर्दा सवारी साधन सहित पहिरोले पुर्यो, ठडो खोलामा एक्कासि आएको बाढीले बगायो, नदिमा आएको बहावले तटिय बस्तिहरु डुबे, गाउँ माथिबाट आएको पहिरोले गाउँ नै बढार्यो। यस्ता समाचारहरु हरेक बर्षातमा पटक पटक सुन्दै देख्दै र भोग्दै आईरहेका छौं।
तराईका समथर भूभाग देखि उच्च हिमाली भेक कुनैपनि स्थान सुरक्षित छैनन्। हरेक बर्षा लागेसंगै जिल्ला प्रशासन कार्यालय, भू-संरक्षण कार्यालय तथा स्थानीय तहहरूमा साना ठुला राहत तथा पुनःस्थापना को मागका निबेदनहरुको चाङ नै लाग्छ चाहेर नचाहेर ठूलो धनराशी यसमा खर्च पनि भैराखेकै छ।
यि बिपत्तिहरू जस्लाई प्राकृतिक विपत्ति भन्ने खरिएको छ के साच्चै प्राकृतिक विपत्ति हुन् त यी? यसमा कुनै मानवीय कारण छैन त? यि समाधान गर्न नसकिने नै हुन् त? जस्लाई पर्यो पर्यो पुर्वजन्मको लेखा वा नसिवनै हो त? पक्कै होइन, यि सबै समस्या मानव सिर्जित समस्याहरू हुन ।
मानवीय कारणबाटै उत्पन्न अप्राकृतिक ग्यासको कारण जलबायुमा आएको परिवर्तन ने अत्याधिक बर्षा अधिक गर्मी, अकल्पनिय हिमपात जस्ता घटनाहरू हुने गरेका छन् जस्ले प्राकृतिक बिपत्तिको रूप लिईसकेका छन यस्ता प्राकृतिक बिपत्ति सामान्य योजनाको बसमा छैनन् यस्ता घटना को न्यूनीकरण गर्न विश्वस्तरमा ५०/१००/२००बर्षे कार्ययोजना निर्माण र कार्यान्वयन को आवश्यकता हुन्छ तर भुकम्पिय जोखिम न्यूनीकरण का साथै बाढि पहिलो को असर कम गर्ने कार्ययोजना त हामिले मात्रै कार्यान्वयन गर्न सक्छौं नि तर यसको सार्थक प्रयास किन हुन सक्दैन? र यि जोखिमका कारक हामिहरु नै बनेका छौं अझ भन्नुपर्दा यि जोखिमको मुख्य कारक राज्य बनेको छ।
खासगरी भौतिक पुर्वाधार निर्माणमा उचित नीति नवन्नु र बनेका नीतिको प्रभावकारी कार्यान्वयन नहुनुनै मुख्य समस्या हो।
जमिनको बर्गिकरण, साना साना निजी घरटहरा देखि बस्ती बिकास र सहरिकरण योजना, वातावरणिय प्रभाव मुल्याङ्कन बेगर नै निर्माण खरिने साना सडक देखि राष्ट्रिय राजमार्गहरु, मोटरेवल पुल देखि जल बिधुत उत्पादन सम्मका ठुला परियोजना निर्माणमा भैरहेको कमजोरी नै हरेक बर्षातमा हुने जोखिम को प्रमुख कारण हुन, यसैमा बसेर समस्याको समाधान खोज्न सकेमा मात्र दिगो ब्यबस्थापन सम्भव छ। यि र यस्तै चपेटामा रहेको छ समग्र म्याग्दी जिल्ला।
त्यसमा पनि सदरमुकाम रहेको र दुई ठूला नदिको तटमा रहेकोले थप जोखिम र चर्चामा आइरहन्छ बेनी बजार। बेनी बजार संरक्षणका नाममा खोलामा पैसा बगाउन थालेको धेरैनै भैसक्यो तर हात लाग्यो शून्य भएको छ।
अब पनि समिक्षा नगर्ने? बेनी बजार संरक्षण को कुरा आउदा बेनी बाहिर का बासिन्दाहरु यसको बिरोधमा समेत बोल्न थालेका छन् यसको कारण हो दिर्घकालीन योजना बिना काम हुनु र त्यसको सफल परिणाम ननिस्कनु।
म्याग्दी नदिको जोखिममा धौलागिरी, मालिका, मंगला गाउंपालिका छन् भने काली गण्डकीको जोखिममा अन्नपूर्ण, रघुगंगा गाउँ पालिका छन् यसैगरी बेनी नगरपालिका दुबै नदीको जोखिममा छ। त्यसैले नदी नियन्त्रणका योजना एकिकृत रुपमा आउनुपर्थ्यो आज सम्म आउन सकेन झारा टार्ने काम मात्र भयो।
बेनी बजार नदिको जोखिममा मात्र छैन, खोंचमा बजार क्षेत्र रहेको र अन्य बस्तिहरु यसको चारैतिर घेरिएर रहेको भिरालो भूगोलमा रहेको कारण ग्रामिण बस्तिहरुमा हुने हरेक जोखिम युक्त कार्यको जोखिममा बेनी बजार रहेको छ तर यो बारेमा न त बजारलाई प्रभावमा राख्नेहरुको चासो रह्यो न त योजनाकारहरुको।
बजार भन्दा बाहिर योजना जानुभनेको सौतेलो भाईलाई अंश दिनुजस्तै हो भनेर बुझ्दा आज बेनी बजार थप जोखिममा परेको छ भनेर बुझ्न ढिला भैसक्यो।
नदिको पार्टलाई छाडेर हेर्दा अस्पताल अगाडि बाट आउने बाढी र त्यसले कालिपुल क्षेत्र समेतलाई पारेको प्रभाव, क्याम्पस चोकमा आउने बाढी र त्यसको प्रभाव, महारानी थान आसपास आईरहेको पहिरो, खानेपानी ट्याङ्की माथिको पहिरो को मुख्य श्रोत बेनी पाखापानी मोटरबाटो र बेनपा ६ का बिभिन्न भागबाट आउने बाढी नै हो। त्यसोभए यो समस्याको समाधान बेनी पाखापानी मोटरबाटो र बेनपा ६ मा खोज्ने की टाउको दु:खेको बेला नाईटोमा औषधी दल्ने? यो सबै समस्या समाधान को लागी संघिय प्रादेशिक समन्वय जुटाएर आवश्यकता परेमा दातृ निकायको ऋण अनुदान समेत जुटाएर नगरपालिका स्तरमा तपशिलका कार्य गर्नेगरी बिस्तृत कार्ययोजना बनाएर काम गर्न बेनी नगरपालिका तयार हुनुपर्छ। निगाहाका केही मात्र कार्यक्रम गरेर, सिमित बजेटको कनिका छरेर यो समस्याको समाधान निस्कदैन।
क) पुराना खोला तथा खोल्सा खोल्सी पहिचान गरी क्षेत्राधिकार कायम गराउने र संरक्षण गर्ने।
ख) जमिनको बर्गिकरण गरी तोकिएका स्थानमा तोकिए बमोजिम मात्र उपयोग गर्न पाउने ब्यबस्था गर्ने।
ग) अस्थाई टहरा देखि भुकम्प प्रतिरोधी पक्की संरचना निर्माणमा उचित मापदण्ड तयार गरी अनिवार्य लागु गराउने। घ) पालिका स्तरीय मोटरबाटो को रणनीतिक योजना सहित आवश्यक मापदण्डको ट्रयाक, उपयुक्त संरक्षण, पक्की नाली सहितको मोटरबाटो निर्माण।गर्ने।
ङ) मोटरबाटो को नालि पुराना पुर्वबत पानि बगिरहने धारतर्फ बगाई तत् तत् स्थानबाटै भलपानिको ब्यवस्थापन गर्ने।
च) एकिकृत वस्ति विकासको रोडम्याप तयार गर्ने र हरेक बस्तिहरु बाट आवश्यकता अनुसारको नाली निर्माण गरी त्यसको निकास नजिकका खोल्सा हुदै नदि सम्म बनाउने। छ) विपद जोखिम न्यूनीकरण पुर्व तयारी कार्यशाला जनस्तरमा सञ्चालन गर्ने।