---Advertisement---

म्याग्दी कांग्रेसले सर्वोच्च फैसलाको स्वागत, माधव पक्षलाई दियो धन्यवाद

On: July 12, 2021 9:20 PM
Follow Us:

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको नेपाली कांग्रेस म्याग्दीले स्वागत गरेको छ । पार्टी सभापति खमबहादुर गर्बुजाले जारी गरेको विज्ञप्तीमा संविधान, लोकतन्त्र र न्यायको सर्वोच्चतालाई सर्वोच्च अदालतको फैसलाले फेरि एक पटक स्थापित गरिएको बताइएको छ । विज्ञप्तीमा लोकतन्त्रको रक्षाका लागि फेरी एकपटक कांग्रेसको काँधमा जिम्मेबारी आएको बताइएको छ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक घोषणा गदैं गरिएको आन्दोलनमा साथ दिएकोमा नेकपा एमाले माधब नेपाल पक्षका नेतालाई समेत धन्यवाद दिइएको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक दल आन्दोलित भएका थिए ।