बेनी नगरपालिका-५, पुलाचौर पुरुन्डीमा अवस्थित सरस्वती आधारभुत विद्यालयलाई यूकेमा रहेका म्याग्देलीले २ लाखभन्दा बढी सहयोग गरेका छन् । दलित बालबालिकाले अध्ययन गर्ने विद्यालयको नयाँ भवनका लागि जग्गा खरिद सहित शैक्षिक गतिविधिका लागि एक कार्यक्रमका बिच २ लाख १० हजार ६९० सहयोग हस्तान्तरण गरिएको हो ।

विद्यालयको जग्गा सहित भवन लगायतको भौतिक संरचनामा लागेको ऋण तथा थप संरचना बनाउन सुरु गरिएको आर्थिक संकलन अभियानमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार निवासी तुलचन्द्र तिलिजा मगर १ लाख, कृष्ण बहादुर तिलिजा ४५ हजार, सुरेश कुमार तिलिजा २५ हजार र मोना यूकेले कोषमार्फत ४० हजार ६९० सहयोग गरेको संयोजनकर्ता बेनी सामुदायिक माविका प्रअ दीपक श्रेष्ठले बताए ।

‘जिर्ण अवस्थामा रहेको विद्यालयको भवन विस्थापन गरी गाउँमा ल्याइएको छ,‘यहाँको अवस्था देखेर मैले सहयोग अभियान सुरु गरेको छु’ श्रेष्ठले भने । उनले दलित बस्तीमा रहेको विद्यालयमा आवश्यक भौतिक संरचनाको अभावमा विद्यार्थीलाई पठनपाठनमा समस्या भएपछि अभियानमा जुटेको बताउँदै सहयोग संकलन भइहरेको बताए ।

सहयोगदाताको तर्फबाट तुलचन्द्र तिलिजा र मोना यूकेका अध्यक्ष दल जुग्जालीले विद्यार्थीको शैक्षिक भविस्यका लागी भविस्यमा पनि हातेमालो गर्ने यूकेबाटै प्रतिबद्धता जनाए । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण बानियाँ, सदस्य रामप्रसाद सुबेदी, विद्यालयकी प्रअ अम्बिका आर्चाय लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

वडा अध्यक्ष बानियाँले दलित बालबालिकालाको शैक्षिक सहितको अभियानमा वडामार्फत समेत सक्ने सहयोग हुने बताए । प्रअ आचार्यले जोखिमपूर्ण स्थानमा रहेको विद्यालयलाई हटाएर बस्तीभित्र जग्गा ब्यवस्थापन गरी राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाईमार्फत २ कोठे भवन, बेनी नगरपालिकाबाट शौचालय बाहेकको चन्दा संकलन गरिएको बताए ।

१ रोपनी ५ आनामा जग्गामा १२ लाख खर्च भएकोमा हालसम्म ५ लाख १० हजार संकलन भएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष बिमल परियार र सञ्चालन शिक्षक गणेश परियारले गरेका थिए । कक्षा १–३ सञ्चालन रहेको विद्यालयमा ३० जना विदार्थी अध्ययनरत छन् । हाल विद्यालयमा २ वटा कोठा रहेकाले थप कोठा सहितको संरचनामा आर्थिक अभाव भएको छ । यसैबीच गाउँमा जनचेतनामुलक सहितका अभियानहरु समेत सञ्चालन गरिने जनाइएको छ ।

Leave a Reply