कस्ले भन्छ जनमत ले तानाशाह जन्माउदैन भनेर? विश्व ईतिहासमा धेरै उदाहरण छन् जनमतबाट तानाशाहको उदय भएको। धेरै तानाशाह ले लामो समय क्रुर शासन गरेपश्चात ठुलो नागरिक वलिदानी बाट ढालिएका छन्।

संविधान सभा बाट बनेको गणतान्त्रिक संविधान बमोजिम भनेर गरिएको निर्वाचनको परिणामले नेपालमा तानाशाह को विजारोपण गरायो, अठार देखि विशौं सताब्दीमा तानाशाह टिकेको भ्रममा नेपालमा तानाशाही को दिवास्वप्नमा रमाएको केपी पथ तानाशाही बाटो अबलम्बन गर्न खोज्दा पुरा आयु टिक्न समेत सकेन। जनमत बाट जन्मेको तानाशाही शासन को अवशान न्यायपालिका बाट मात्र सम्भव थियो ।

गलत गलत को योगफल गलत नै हुन्छ। निर्बाचन बाट जन्मेको तानाशाही शासन लाई न्यायपालिका ले विस्थापित गर्नुपर्यो यो दुबै परिस्थिति नागरिक सर्वोच्चता को खिलाफ छ। अर्को पाटोबाट हेर्दा धर्मलाई अफिम मान्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आफ्ना नेतालाई गर्ने देवत्वकरण अर्को कारण हो तानाशाह जन्मनु।

आफ्नो नेतृत्वलाई स्विकार गर्दै गलत कदममा खवरदारी गर्न नसक्ने अन्धभक्ती सर्वथा घातक हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्न सक्नुपर्दछ। २०७८असार २८ गते को देउवा लाई २८ घण्टा भित्र प्रधानमन्त्री नियुक्त गर्नु भन्दै आएको संसद पुनःस्थापनाको प्रमादेश तानाशाही कदम रोक्ने अन्तिम अस्त्र को रूपमा आएको छ।

ब्यबस्थापिका लाई आफ्नो बसमा राख्ने र सनकको भरमा घांटी निमोठ्ने कार्यपालिका लाई लगाम लगाउनेगरी न्यायपालिकाले गरेको आदेश कानुनी मात्र होईन राजनीतिक नजिर बन्ने छ जसको कारण अर्को तानाशाह जन्मने प्रयास गर्ने छैन भन्ने मान्यतामा नागरिकले स्वीकार गर्नुपर्ने छ अन्यथा ब्यबस्थापिका कार्यपालिका र न्यायपालिका स्वतन्त्र, स्वयात्त र एक अर्कामा परिपुरक हुन् तर यस बिचमा ब्यबस्थापिका निरिह कार्यपालिका नियन्त्रणमुखि र न्यायपालिका नियमनकारी भुमिकामा देखिए यसको पछाडी राष्ट्रपति संस्थाले आफ्नो गरिमा कायम गर्न नसक्नु एउटा मुख्य कारण बन्न पुग्यो।

राष्ट्रपति ले संबैधानिक बाध्यता बस होईन संबैधानिक ब्यबस्थाको गलत प्रयोग गर्दा र आफ्नो अधिकारको सदुपयोग गर्न नसक्दा प्रधानमन्त्रीले राष्ट्रपति संस्थाको गरीमाको ख्यालै नगरी एक ईमान्दार कार्यकर्ता को स्थानमा राखेर दाहिने हातले कार्यपालिका देब्रे हातले राष्ट्रपति चलाउने अभ्यासको सुरुआत गरे फलस्वरूप ब्यबस्था माथि दाग लाग्ने अवस्था देखा पर्यो।

बर्तमान सरकार जनमतको सरकार पक्कै होईन यो बैकल्पिक सरकार हो, यो चाहना को सरकार होइन परिस्थिति को सरकार हो त्यसै बमोजिम यो सरकारले आफुलाई बुझेर अपेक्षित कार्य गर्न सक्नुपर्दछ, होईन भने जनता बैकल्पिक ब्यबस्थाको लागि तयार हुनेछन्। दुध खुवाएर पालेको सर्पले विष ओकेले झैं जनमतको अनादर गरेको कारण बहिर्गमित तानाशाही नायकले आफ्नो हार स्विकार गर्न कठिन भैरहेको बहिर्गमन जात्रा र बार्दली प्रहसनले पुष्टि गरेको छैन र? अरू केही आवश्यक छ र पुष्टिका लागि?

Leave a Reply