बेनी नगरपालिका-५,पुलाचौर पुरुन्डीमा अवस्थित सरस्वती आधारभुत विद्यालयमा सतप्रतिशत विद्यार्थी दलित समुदायका छन् । दलित समुदायका बालबालिकाले बीचमै स्कुल छाड्ने दर बढी देखिन थालेपछि कठिन परिस्थिती बि.स २०५४ सालमा ढुंगा–माटोको कच्ची भवनमा पढाई सुरु गरेको अवस्थामा बल्ल बस्ती नजिकै पूर्ण रुपमा पक्की भवनमा पठनपाठनको वातावरण बन्दै छ ।

स्थानीयले चन्दा तथा ऋण जुटाएर १ रोपनी ५ आनामा जग्गामा १२ लाखमा खरिद गरेपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइ (शिक्षा) को सहयोगमा २ कोठे भवन, बेनपाबाट पक्की सैचालय बनेको छ । जग्गा खरिदमा लागेको खर्च जुटाउने अभियानमा हालसम्म ५ लाख १० हजार संकलन भएको छ । बि.श २०६४ सालमा विद्यालयले मान्यता पाएको थियो ।

कक्षा ३ सम्म करिब ३० भन्दा बढी विद्यार्थीलाई हाल जम्मा २ कोठा तयार भएको छ भने अन्य संरचनाका लागि स्थानीय दाताको खोजीमा जुटेका छन् । स्थानीय अभिभावकले चन्दा सहित आफ्नो जिम्मामा ऋण खोजेर समेत विद्यालय बनाउन जुटेका छन् । हाल २ कोठा तयार भएपनि थप एक कक्षा सञ्चालन, कार्यालय प्रयोजनका लागि भने कोठाको अभाव रहेको विद्यालयकी प्रधानाध्यापक अम्बिका आचार्यले बताईन् ।

‘जिर्ण भवनमा पठनपाठन गराउँदा धेरै समस्या झेल्नुपरेको थियो,‘अब पक्की भवन सहितको संरचनाले हाम्रा समस्या विस्तारै समाधान हुन्छ’ प्रअ आचार्यले भनिन् । शैक्षिक जनशक्ती कम भएपनि दलित विद्यार्थीले शैक्षिक उपलव्धी देखाउन सक्ने गरी योजना बनाइएको बताईन् ।

विद्यालमा तारबार, रंगरोगन, खेलमैदान सहतिका थप पूर्वाधारमा सम्पन्न भए शिक्षाको गुणस्तरमा ध्यान केन्द्रित गर्न सजिलो हुने प्रअ आचार्यको भनाई छ । उनले शैक्षिक क्षेत्रमै आफ्नो फरक पहिचान बनाइसकेकाले साथ दिएपछि विद्यालयको समस्या समाधानको अभियानमा बल पुगेको बताईन् ।

विद्यालयको शैक्षिक सहित पूर्वाधारमा आवश्यक पर्ने सहयोग जुटाउन बेनी सामुदायिक माविका प्रअ दीपक श्रेष्ठले अगुवाई गरेपछि स्थानीय अभिभावक, शिक्षकमा समेत उत्साह छाएको छ ।

नेपालमै सर्वोत्कृष्ट विद्यालय घोषित भइसकेको बेनी सामुदायिकका प्रअ श्रेष्ठको पहलमा २ लाख १० हजार ६९० सहयोग हस्तान्तरण समेत भइसकेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्धार निवासी तुलचन्द्र तिलिजा मगर १ लाख, कृष्ण बहादुर तिलिजा ४५ हजार, सुरेश कुमार तिलिजा २५ हजार र मोना यूकेले कोषमार्फत ४० हजार ६९० सहयोग जग्गा खरिदमा लागेको खर्चमा प्रयोग गरिने संयोजनकर्ता श्रेष्ठले बताए ।

‘शैक्षिक गुणस्तरको महत्वपूर्ण पाटो पूर्वाधार हो,‘प्रयाप्त पूर्वाधार भएमा शैक्षिक वातावरण निर्माण गर्न सकिन्छ’ श्रेष्ठले भने । उनले विद्यालय अब कठिन चरण पार गर्ने चरणमा रहेको बताए । उनले विद्यालयको अवस्था दयनीय देखेर भौतिक तथा शिक्षामा गुणस्तर कायम गर्न विद्यालय व्यवस्थापन र शिक्षकहरुलाई साथ दिएको बताए ।

प्रत्येक गाउँबस्तीमा विद्यालय स्थापना भए पनि बालबालिकाहरू माध्यमिक तह पूरा नगरी बीचमै स्कुल छाड्ने दर दलित समुदायमा बढ्दो भएकाले जिल्लाभित्रका दलित बस्तीमा रहेका विद्यालयको सुधार अभियानको थालनी पुरुन्नेबाट गरिएको अभियान्ता श्रेष्ठको भनाई छ ।

विद्यार्थीहरूको निरन्तर पढाइ र शिक्षाको महत्व बुझाउने, अभिभावकसँग अन्तक्र्रिया सहित सचेतनामुलक अभियानलाई तिब्रता दिने उनको भनाई छ । उनको नेतृत्वमा बेनी सामुदायिक जिल्लाकै अग्रणी र नेपालमा उत्कृष्टमध्ये पर्ने भएकाले पनि पछिल्लो आधादशक यता देशभरबाट डेढ सयभन्दा बढी विद्यालयले अवलोकन भ्रमण समेत गरेका छन्।

 

Leave a Reply