पोखरा– पोखरा नयाँबजार स्थित गुरुकुल विद्या सदन र फूलवारी स्थित भाष्कर मेमोरियल विद्यालयद्वारा द्वारा एसईई को नतिजा पर्खेर बसेका विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको ‘इन्ट्रान्स बूस्टर बूक’ को विमोचन गरिएको छ । भर्चुअल माध्यमबाट सञ्चालित एक कार्यक्रमकाविच उक्त ‘बूक’ को विमोचन गरिएको हो । त्यसकासाथै कार्यक्रममा उत्प्रेरणामूलक परामर्श पनि प्रदान गरिएको छ । कार्यक्रममा डा. महावीर पुन प्रमुख अतिथि रहनुभएको थियो । गुरुकुल स्कुल नयाँबजार तथा भाष्कर स्कुल फुलबारी का अध्यक्ष माधवीदेवी वास्तोलाले अध्यक्षता गर्नुभएको कार्यक्रमको सञ्चालन नारायण आचार्यले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका संरक्षक धर्मराज कोइराला, प्रवन्ध निर्देक विश्वराज बास्तोला र गुरुकुल मा.वि.का प्राचार्य अचुत पाण्डे, दश जोड दुई संयोजकद्वय रवि कार्की र वसन्त श्रेष्ठले बुस्टर बूक तथा विद्यालयको विशेषताका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

एसइइ दिएर बसेका विद्यार्थीहरुलाई उत्कृष्ट र ‘प्लस टु’ मा नाम निकाल्न सफल हुनको लागि ‘बूक’अति नै उपयोगी रहेको छ । पोखराका करिब २ दर्जन प्रतिष्ठित कलेजमा लामो समयसम्म अध्यापन गराइरहेका अनुभवी प्राध्यापकहरुको प्रयासबाट तयार पारिएको पुस्तकमा करिब २५०० मल्टीपल च्वाइस प्रश्नहरु, उत्तर र व्याख्या सहित दश जोड दुई पढ्दा पनि पुस्तक उपयोगी हुने कार्यक्रममा बताइएको थियो । प्रमुख अतिथि डा. महावीर पुनले यो पूस्तक अतिनै उपयोगी हुन सक्ने र ‘एमसीक्यु’ को उत्तर दिँदा ध्यान दिनु पर्ने कुराहरुमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सहभागी विशिष्ट अतिथि कान्तिपुर टेलिभिजनकी समाचार सह–सम्पादक श्री पाण्डेले विद्यार्थीहरुलाई आ–आफ्नो क्षमता र रुचीलाई आधार मानेर विषय छनोट गर्नुपर्ने सुझाव दिनु भएको थियो । विशिष्ट अतिथि डा. तारा जी ख्याती प्राप्त ‘मोटिभेटर स्पिकर’ ले सफल जीवनको लागि ध्यान दिनुपर्ने कुराहरु र सहित गन्तब्य पहिचान सम्वन्धि उत्प्रेरणात्मक टिप्सहरु दिनुभएको थियो । विशेष अतिथि वक्ताहरु डा. सूरज अधिकारी जोसिका बरालले आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply