बागलुङ काठेखोला गाउँपालिका–५ बिहुँ, काउलेका ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न जानुभएका पुनको आज बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिनुभयो ।स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।