तमानखोला गाउँपालिकाले खरका छाना पूर्ण रुपमा विस्थापित गराएको छ । पालिकाले हटाएका खरका छानामा जस्तापाताले छाइएको छ । पहिलो वर्ष तथ्यांकको खोजी गरेपछि दोस्रो, तेस्रो र चौथो वर्षमा आइपुग्दा सबै खरका छानामा जस्तापाता लगाउन सकिएको अध्यक्ष जोकलाल बुढाले बताए ।
निर्वाचनमा लगाएको खरका छाना विस्थापित गर्ने नारा पूरा गरेको दाबी गरे । तमानले सबै खरका छाना विस्थापित गरेर पहिलो मुक्त गाउँपालिका बनेको हो । अति विपन्न परिवारले खरले छाएर बस्दा उनीहरुको घर उज्यालो बनाउन यो अभियान ल्याएको बुढाले बताए । खरका छाना विस्थापित गर्दा जोखिम घटेको उनको दाबी छ ।
गत आर्थिक वर्ष ९७ वटा घर जस्तापाताले छाएपछि सबै घर मुक्त भएका थिए । ‘खरको छाना पाएर खुसी लागेको छ । अब वर्षैपिच्छे छाउनुपर्ने बाध्यता पनि हटेको छ,’ तमान ४ की जोखमा कामीले भनिन्, ‘गाउँपालिकाले ५० हजार रुपैयाँ दिएपछि घरको छाना हटाउन पाइयो ।’
कामीजस्तै सोही वडाकै ओमप्रसाद कामी, दलप्रसाद छन्त्याल र तीर्थबहादुर छन्त्यालले पनि खरको छाना हटाएर खरको छाना छाउन गाउँपालिकाले ५० हजार रुपैयाँको दरले अनुदान दिएको बताए ।
केही वर्षदेखि गाउँपालिकाले बजेट विनियोजन गरेर खरको छाना विस्थापित गर्ने योजना निरन्तर राखेको थियो । ‘आगामी वर्ष यो शीर्षकको बजेट र योजना राख्नै नपर्ने भयो,’ प्रशासकीय अधिकृत प्रभात लामिछानेले भने, ‘अब विपन्न परिवारको जीवनस्तर उकास्ने अन्य काममा लगानी गर्ने गरी नीति तथा कार्यक्रम आएको छ ।’ गाउँपालिकाले हरेक घरलाई ५० हजार नगर्दै अनुदान दिएपछि जस्तापाता ल्याएर छाएका हुन् ।
खरको छाना विस्थापित गर्दा गाउँपालिकाको लगानी बराबर घरधनीले पनि लगानी गरेका थिए । अहिले भने यो पालिकामा त्यस्ता घटना नभएको वडा नं. ४ का अध्यक्ष उदिम छन्त्यालले बताए ।
‘ढिलागरी खरको छाना विस्थापित भएको पनि मेरै वडामा हो,’ उनले भने, ‘अब आगोलागीका अप्रिय घटनापनि सुन्न पर्दैन ।’ हरेक वर्ष घर छाउने कारणले किसानले खरको जोहो गर्नुपर्ने, खरबारीमा आगो लाग्दा घरपनि जोखिम हुने गरेको उनले बताए ।
तमानका सबै छाना जस्तापाता













