म्याग्दीको बेनि नगरपालिका–२, ज्यामरुकोट फपरखेत बस्ने ५५ वर्षीय क्याङ्ग्लो सार्कीले डोको बुनेर छ जनाको परिवारको गुजारा चलाउँदै आएका छन ।

उमेरले डाँडापारिको घाम हुन लागेका सार्की डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उनलाई पत्तो छैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर उमेरको हिसाब गर्दा ५५ पो काट्न लागेछु” हास्दै भुनुहुन्छ ।

सार्किले ३१ वर्ष अघिदेखि शुरु गरेको यो पेशालाई अहिलेसम्म पनि उत्तिकै जोश जाँगर मेहनतका साथ निरन्तरता दिँदै आएका छन । उनको हातको सीपले घरमै बसीबसी दिनहुँ आम्दानी गर्ने बाटो बनेको छ ।

सामान्य परिवारमा जन्मीएका सार्कीको डोको नबुनेसम्म उनको साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेर उहाँको परिवारको जीविका अहिले राम्रोसँग चलेको छ ।

पहिलेपहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गर्नुहुन्थ्यो भने अहिले गाउँघरमा यी सामान बुन्ने मान्छे कमै मात्रामा भएपछि उनकै घरमा दिनहुँ आउने गरेको पाइन्छ । सार्कीले डोको नै बुनेर छोरा छोरिलाइ पढाए , बिहे गराएका छन ।

गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा सार्कीले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गरेका छन । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको पाइन्छ ।
दिनमा १० वटा देखि १३ वटा डोको बुनेर मासिक २० हजार जति आम्दानी गर्नुहुन्छ । एकवटा डोकोको मूल्य साइजअनुसार २५० देखि ३५० सम्ममा बिक्री हुने गर्दछ ।
मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन । हेर्दा जोशिला काममा मेहनती ५० वर्षीय क्याङ्ग्लो सार्कीले गरेको पेशा गाउलेका लागि उदाहरणीय बनेका छन ।

डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको सार्की ले बताउनु हुन्छ । “पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउने?” उहाँ भनु हुन्छ । सार्कीले बुनेको डोको बलियो र धेरै समयसम्म टिकाउने हुने र टाढाटाढाबाट पनि डोको खरिदकै लागि ग्राहक आउने गरेको त्यही गाउँका सामाजसेवि टिकाराम बोहोराले बताउनु भयो । *शिव बोहोरा

Leave a Reply