आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार कर राजश्व संकलन गरेको छ ।
यो अंक कार्यालयको लक्ष भन्दा ५७ दशमलब २६ प्रतिशत बढी हो । कार्यालयले ८६ करोड २० लाख संकलन गर्ने लक्ष राखेको थियो । कार्यालयले आयकरमा ४८ दशमलब ७७ प्रतिशत बढी कर संकलन गरेको प्रमुख कर अधिकृत जनकराज शर्माले बताए ।
उक्त प्रतिशत अनुसार ७९ करोड ७ लाख ९१ हजार कर संकलन भएको थियो । बहाल करमा ११ दशमलब ४७ प्रतिशतले २ करोड ५० लाख ७७ हजार र व्याजकरमा १७ दशमलब ३४ प्रतिशतले ९ करोड ६७ लाख ५७ हजार राजश्व संकलन गरेको हो । कार्यालयले मूल्य अभिवृद्धि करमा ९८ दशमलब ३५ प्रतिशत अर्थात् २ करोड ४० लाख ९३ हजार कर संकलन गरेको थियो ।
यसरी लक्ष्यभन्दा बढी राजश्व संकलन हुँदा बस्यौतासमेत २१ करोड ५४ लाख असुली भएको हो । तीमध्ये बक्यौता राखेका व्यवसायीमध्ये एउटै व्यवसायीले ५ करोडसम्म कर बुझाएका छन् । बक्यौता उठाउने क्रमले राजश्व संकलनमा उल्लेख्य प्रगती समेत भएको शर्माले बताए ।
आर्थिक बर्ष २०७७÷०७८ मा ३ हजार ४४० जना व्यवसायिक करदाता थपिएका छन् । त्यस्तै ४ हजार ९ सय १२ जना व्यक्तिगत करदाता थपिएका हुन् । यीमध्ये २ सय १ जनना मूल्य अभिवृद्दि कर भ्याटमा दर्ता भएका छन् भने १ सय ५० जना अन्तशुल्कमा समेत थपिएका छन् ।
एक बर्षमा कार्यालयले ७ हजार ३८ जना करदाताको विवरण अद्यावधिक गरिएको थियो । त्यस्तै, १ हजार १ सय ५३ जनाको बायोमेट्रिक रजिष्ट्रेसन र १० करदाता शिक्षा कार्यक्रम संचालन भएको शर्माले जानकारी दिए । यो बिषयमा १ सय ८२ करदाताको अनुगमन गरेर ३ लाख ५ हजार जरिवाना समेत गरिएको बताइएको छ ।

Leave a Reply