कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका–४ का दुई किशोर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर बिकका १३ वर्षीय छोरा अभिशेक बिक र सोही ठाउँ बस्ने थम बहादुर पुनका १३ वर्षीय छोरा यमबहादुर पुन बेपत्ता भएका हुन् ।

उनीहरु बिहिबार दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न गएको डिएसपी हवारीले बताए ।

४ जना किशोर पौडी खेल्न गएकोमा अन्य दुईजना भने सम्पर्कमा आएका छन् । बेपत्ता दुई किशोरकोे खोजी कार्य जारी रहेको उनले बताए ।

Leave a Reply