शिब बोहोरा ÷म्याग्दीको बेनी नगरपाली २ फापरखेतका स्थानिय प्रतिभा युबा क्लब मार्फत गाउमा बाटो निर्माण सडक सफाई , लगाएत अन्य काम गर्न थालेका छन । निरन्तर वर्षातको कारण बेनी भकुुन्डे सडकमा आएको पहिरो एवम सडक वगिरहने जमिनको कारणले पछिल्लो केही समयवाट अवरुद्ध सडक मर्मतका लागि बेनी नगरपालिक ,वडा कार्यालय सम्वन्धित निकायको ध्यान नगए पछि गाउका युवाहरूको सहभागितामा बाटो निर्माण सडक सफाइ गरेको छ ।
लगभग ८ जना युवाले श्रम दान गरेर पईदल यात्रु र वाईक सम्मको आवातजावत हुने गरि बाटो मर्मत गरिको भुमीराज कार्कीले बताउनु भयो । सदरमुकाम वेनि वजारवाट वडा कार्यालय र बाग्लुङको पर्यटकिय पन्चकोट धाम जोड्ने एकमात्र सडकखण्ड हो ।
सुन देखि नुनु किन्न होस या हरेक प्रशासनिक सरकारी कामकाजको लागि आवातजावतको मुख्य माध्यम नै यही सडक हो ।
गाउमा सानो सानो सहयोग का साथै बिकास गर्न हाम्रो लक्ष्य रहेको क्लब का सदस्य युवराज खत्रीले बताउनु । यसरी क्लब ले काम गरेको देख्दा आफु लाई प्रेरणा मिलेको र आफु निकै खुसि भएको गाउँका स्थानीय युवाले जनाएका छन ।
गाउलाइ बिकास तर्फ लैजानको लागी बेनी नगरपालीका २ फापरखेतका युवाहरु एक जुट भएको देख्दा स्थानीयले र क्लबका पदाधिकारिहरुले धन्यवाद समेत दिएका छन् ।

Leave a Reply